Skip to content

तिम्रो यादमा


मेटाउन खोज्छु सक्दिन मेटाउन
झझल्को आउछ तिम्रो तस्बिर बनेर
झस्काउछ घरि काँडा बनेर
झझल्को आउछ तिम्रो तस्बिर बनेर

कल्पनाहरू सुनाउथौ पहिले
सम्झना आउछ झन् अतित बनेर
झझल्को आउछ तिम्रो तस्बिर बनेर

भकानो फुट्छ तिमीलाई सम्झेर
सक्दिन बाँच्न तिमीलाई बिर्सेर
झझल्को आउछ तिम्रो तस्बिर बनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *