मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बिचारशिल गजलहरुको एउटा उत्कृष्ट सङ्रह; बर्दियाली प्रतिनिधि गजल
Theabiral — Sat, 02/09/2013 - 11:31
श्रेष्ठ समनश्रीबाट सम्पादित तथा बर्दियाली साहित्य मञ्चबाट प्रकाशित “बर्दियाली प्रतिनिधि गजल” संयुक्त गजल संग्रह भर्खरै सार्वजनिक भएको छ । संग्रहमा बर्दियाका ५ जना नारी सहित १६ जना गजलस्रष्टाहरूको ४८ वटा उत्कृष्ट गजलहरू ८४ पृष्ठमा संग्रहित छन् ।
गजललाई युवाहरूको प्रेमालाप र सायरीको रुपमा यत्रतत्र बखान भइरहेको बेला आएको “बर्दियाली प्रतिनिधि गजल” ले नेपाली गजलमा विचारको सागर पनि छ है भन्ने सन्देश दिन खोजेको छ । हिजोआज सबैको प्रिय र सजिलो विधा बनेको गजलको फाँटमा लेख्नेहरू हजारौं हजार भएका छन् प्रत्येक विद्यालय विद्यालयमा, कलेज कलेजमा, प्रत्येक टोल टोलमा, प्रत्येक जिल्ला जिल्लामा । यो भिडबाट चालेर, छानेर उत्कृष्टलाई पुस्तकको आकार दिनु पक्कै पनि चुनौतिपूर्ण छ । यसै चुनौतिलाई सामना गर्दै बर्दियाका विचारशिल र भावगम्य गजलहरूको यो मालामा सम्पादक/प्रकाशकले बर्दियाली प्रतिनिधि गजलकारहरू प्रकाश राजापुरी, मधु साश्रु, अनुपमा करारा, दीपक जलन, निर्जल आकाश, श्रेष्ठ समनश्री, अन्जान स्नेहा, गोल्डेन उद्भाष, अमृत निर्जन, अन्जु स्मारिका, लक्ष्मी अभि, सुमित स्मित, डम्मर बि.सि., पर्वत ढकाल, देवी दिक्षा, र मानिस लाई सुन्दर तरिकाले उनेका छन् । खगेन्द्र गिरि कोपिलाको बर्दियाली गजल र गजलकारिताको बारेमा लेखिएको १२ पृष्ठ लामो आलेख र साथै ज्ञानुवाकर पौडेल, बाबु त्रिपाठी र अशोक बोहोरा असिमपिडाको शुभकामना पनि छ ।
बर्दियाली गजलहरूमा देशभक्ति, मानवीय संवेदना, राजनैतिक चेतना, जीवन भोगाइका अनुभूति, समसामयिकता, सामाजिकता, शृङ्गारिकताका भाव व्यक्त भएका पाईन्छ र साथसाथै सराबका कुरा पनि । पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ, जति जति गजल पढ्दै गयो उति उति मिठास र रस बसेर आउँछ । समेटिएका कुनै गजल त्यस्ता छैनन् जसमा विचार नहोस्, केहि शेरहरू हेरौं :
म पन्छी हुँ अँध्यारोमा मेरो गुँड जलाई,
बगैचामा प्रकाशको पहिचान गरिदिउँला ।।
प्रकाश राजापुरी (पृ.२)
किन उचनिच छन् मान्छेका सोचाइहरू ?
हैन भने जमिन पनि समथर हुनुपथ्र्यो ।।
श्रेष्ठ समनश्री (पृ.२२)
जलाईदिएँ घरको छानो उज्यालो आउने छ ।
केहि छिनलाई यो सन्नाटा पनि हराउने छ ।।
अन्जान स्नेहा (पृ.२६)
एउटै रुखमा चराहरू गुँडहरू बनाउँछन् ।
हेर, तैपनि उनीहरू कसरी रमाउँछन् ।।
मानिस (पृ.६३)
निकै कम मात्र रहेका शृंगारिक धारका केहि शेरहरू :
म दिन्थेँ तिमीलाई मेरो मुटु झिकी,
मुटु पनि दिएरै बाँच्न सक्ने भए ।।
लक्ष्मी अभि (पृ.४२)
जिताई उनैको दिई घात पीडा,
र तर्वार मैले उठाएर हारेँ ।।
श्रेष्ठ समनश्री (पृ.२३)
त्यो कि सम्झनेलाई थाहा छ कि सम्झनामा आउनेलाई थाहा छ,
उसैलाई सम्झेर मैले कति रात सिरानी रुझाएको छु ।।
अमृत ढकाल निर्जन (पृ.३६)
कथा भयो मिठो अतित, व्यथा भयो उनको प्रीत
उनको सम्झनाले दिल जलेपछि कति पिएँ कति ।।
मधु साश्रु (पृ.८)
विचार र भावले भरिएका पुष्ट र उत्कृष्ट गजलहरू समेटिएको यस संग्रह गजलमा रुचि भएकाहरूले जो कोहिले र बर्दियाली गजलकारिता नियाल्न चाहनेले पढ्नै पर्ने एउटा पुस्तक हो । केहि प्राविधिक त्रुटिहरू देखिएपनि आकर्षक आवरण, पेपर क्वालिटी निकै राम्रो छ । समग्रमा, बर्दियाली गजल र गजलकारिता उजागर गर्ने यो संग्रह मोफसलबाट निस्किएको एउटा उत्कृष्ट पुस्तक हो र बाबु त्रिपाठीले भने जस्तै “आधुनिक नेपाली गजलको परिकल्पना गर्दा बर्दियालाई छोडेर परिकल्पना गर्ने हो भने त्यो अधुरो हुन जान्छ, बर्दियाका गजलहरू तीखो सियो हुन्, जसले घोच्दैन यदि घोच्यो भने पछिसम्म दुखिरहन्छ” ।
कृति : बर्दियाली प्रतिनिधि गजल (गजल संग्रह)
सम्पादक : श्रेष्ठ समनश्री
प्रकाशक : बर्दियाली साहित्य मञ्च, बर्दिया
पृष्ठ : ६४+२०
संस्करण : पहिलो, कार्तिक २०६९
मूल्य : रु.१५० व्यक्तिगत / रु.२५० संस्थागत
ISBN : 978-9937-2-4493-0
- 5834 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- सम्झना
- मिठो मिलनको सपना
- माया र प्रेम
- दुई हाइकु (सुथे या निभा)
- पालो आयो
- नयाँ वर्ष ! नेपालीलाई
- पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु
- प्रविधिको जमाना रे अचेल
- खेतीपाती धेरै नहुने
- मन्दिर बन्ने सिमेन्ट
- रातकाट्ने रक्सी न हो
- असल मान्छे
- छोरी सम्झी सिरानीमा
- शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
- (लघुकथा) कामना
- अहिलेसम्म नलेखिएको कविता
- पुस्ता अपभ्रंश र संस्कृति
- फरक तिमी र ममा
- बाहिर बसी पर्खिरहे छ मृत्यु
- बच्चा फुल्याउने लोरी (गीत)
- को हो यो "भगवान"
- सडकको एउटा पेटीमा
- अन्तरजातीय विवाह
- नीति श्लोक
- मङ्गलमय सुभकामना
- तारा मात्र हैन तिमीलाई
- मेरो सानो पाठो
- नौलाख तारा उदाए
- हाइकुहरु
- रुपन्देही
Post new comment