Skip to content

पल्काउँ प्रेममा ।


चिनेर आँत ती ढल्काउँ प्रेममा ।
लगाई मोहनी पल्काउँ प्रेममा ।

नपाई न्यानोपन् छट्पटे कोही त,
प्यासको रापले सल्काउँ प्रेममा ।

कसैको निस्वार्थ मायाको बदला,
नभुली आदर्श झल्काउँ प्रेममा ।

प्रेमको निशानी सृष्ट्रि नै थेग्नु हो,
अटुट जलधार छल्काउँ प्रेममा ।

जीवनै छिचोल्ने साथ हो सारथि,
गगनी चाँद झै टल्काउँ प्रेममा ।

– बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *