• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › छलफलको विषय › स्रष्टासँग कुराकानी

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

मझेरी भलाकुसारी, अंक १५ (राजेश रुम्बा लामा अतृप्त)

ks — Sun, 02/17/2013 - 11:34

  • स्रष्टासँग कुराकानी
  • मझेरी सञ्चालक

राजेशजी ! तपाईँलाई मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, परिचय दिनुस् न ।

हजुर नमस्ते साथै धन्यवाद यहाँलाई । म मकवानपुर जिल्लाको उतारी खैरंग गाबिस वाड नं ३ सजाक देउरालीमा बाबा आइतराम रुम्बा लामा र आमा बुद्धिकुमारी नेगी रुम्बा लामाको कोखबाट जन्मिने सौभाग्य पाएँ । लेख्नु मेरो बाल्यकालदेखि कै सोख हो भन्दा फरक नपर्ला किनकि म रेडियो नेपालमा साहित्यक कार्यक्रम सुन्ने र लेख्न कोसिस गर्थे । यस अर्थमा सायद म साहित्यलाई बाल्यकालदेखि नै माया गर्थें ।

मझेरीमा तपाईँका कविता, गीत, संस्मरण, गजलहरू पढ्न पाइन्छ । त्यसमा गजल अलि बेसी होलान् । आफूलाई चाहिँ कस्तो लेखक भनेर चिनाउन चाहनुहुन्छ ?

वास्तबमै म सबै बिधामा रुची राख्ने र लेख्न चाहने एक सिकारु हुँ । त्यसैले पनि म् प्राय सबै बिधामा कलम चलाउने गर्छु । तर यथार्थको धरातलमा उभिएर भन्नै पर्दा मलाई संस्मरण लेख्नमै मज्जा लाग्छ । त्यसपछि गीत । गजल, मुक्तकमा पनि आफ्ना भावना व्यक्त गर्न नसकिने त हैन यद्यपि कथामा त्यो व्यापक रुपमा समेट्न सकिने हुनाले त्यतातिर पनि कलम चलाउँछु ।

मनपर्ने लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?

मेक्सिम गोर्कीदेखि लिएर तसलिमा नसरिन, पारिजात हुँदै अहिलेको युवा साहित्यकार बुद्दि सागर लगायतका धेरै साहित्यकारहरूबाट म प्रभावित छु । सबैलाई यहाँ समेट्न नसके पनि अन्तर हृदयमा भने सदैव राख्ने गरेको छु ।

कसरी बिदेशिनुभयो ? बिदेशमा रहनुले तपाईँको लेखन र जीवनलाई कसरी फरक पारेको छ ?

मैले बुझे अनुसार बिदेशिनु प्राय सबैको रहर नभई बाध्यता हो । र म पनि त्यस्तै बाध्यताले नै विदेशिएँ भन्दा खासै फरक नपर्ला । स्कुले जीवन नसकिनुजेलसम्म बाबा आमाको पौरखमा राज गर्दै बसियो । कलेजको जीवनको शुरुवात सँगै चुनौतीहरू थपिदैं गयो । चुनौतीसँगै जीवन भोगाइहरूलाई बुझ्दै गएँ । जति बुझें त्यति कष्टकर लाग्यो । त्यही कष्टलाई राहत दिन हुईँकिएँ विदेश ।

खास भन्ने नै हो भने यही प्रवाश जीवनले नै मेरो साहित्यिक यात्रालाई गन्तव्यतिर लैजान मद्दत गरेको छ । किनकि यहाँ म नितान्त एक्लो हुने गर्छु । आफ्नो देश, घरपरिवार, साथीभाई, ईष्टमित्र सबै सबैबाट अल्ल्गिएर बस्नुपर्दाको पीडालाई पोख्ने ठाउँ भनेको नै यही साहित्य हो । दैनिक आठ घण्टाको ड्युटी अवधीमा म पढ्ने लेख्ने गर्छु र ड्युटी अफ भैसकेको अवस्थामा पनि कहीं कतै गएर पोख्न नसकेका उकुसमुकुस भएका भाव कागजमा पोख्ने गर्छु । सायद म नेपालमै आफ्नो घरपरिवारको साथ हुदोँ हो त यति धेरै समय साहित्यलाई दिन सक्दिनथें कि? भन्ने लाग्छ । किन कि एक त हाम्रो सामाजम हामी जस्ता युवा पिढीको निम्ति यस्तो लेख्ने वातारण नै हुन्न अर्को कुरा लेखनलाई समय नै हुन्न । त्यसैले निक्कै फरक पारेको छ ।

तपाईँका रचनाहरूमा देशप्रेमदेखि लिएर माया-प्रीति र बिदेशिनुको पीडासम्म पढ्न पाइन्छ । कस्तो समयमा लेख्नुहुन्छ र कस्ता विषयमा लेख्न रुचाउनुहुन्छ ?

हो मैले मात्रै नभएर लेख्नेहरू प्राय सबैले यही समाजमा घटेका, देखेका र आफैले भोगेका विषयहरू नै लेख्ने गर्छन् । यस अर्थमा म पनि बहकिन्छु, कहिलेकाहीं दच्किन्छु अनि कहिलेकाहीं जोसिन्छु । सायद अझ बढी म सामाजिक प्राणी भएकै कारणले होला अन्य प्राणीले झैं माया ममताको आशा राख्छु । त्यसैले होला अलिक बढी मायाप्रीतिका रचना जन्मिन्छ्न् । विदेशिएपछि देशको माया अझ बढी लाग्दो रहेछ । समुन्नत राष्ट्रको सामू आफ्नो दुर्दशित देश देख्दा अति दुख्छ यो मन् । हरेक प्रहर कोतरिन्छ यो मुटु । त्यसैको प्रतिफल होला देशभक्तिका रचना ।

लेख्ने समयको भने त्यस्तो कुनै हदबन्दी छैन । जहिले जहाँ पनि लेख्छु । अलिक बढी चै म ड्युटीमा हुदाँ लेख्छु किनकि त्यतिखेर म एक्दमै सोचनीय अवस्थामा हुन्छु र एक्लो पनि । सायद एकान्तले एक हदसम्म मलाई साथ दिन्छ ।

लेखेर भविष्यमा यस्तो बनुँ र यस्तो गरूँ भने केही त्यस्तो सपना देख्नुभएको छ ?

सपना देख्नुपर्छ । तर त्यति गहिरेर अथवा पूरा गर्नै नसकिने सप्ना देख्नुको कुनै औचित्य पनि हुन्न । यस मानेमा ममा समाजमा अवस्थित कुरिति, विसंगति अन्याय अत्याचार बिरुद्द जनतालाई जागरुप गराउनु पर्छ र यस कार्यमा मैले केही गर्नु पर्छ भन्ने कुराले दर्है जरा गाडेको छ भनुँ केही गरौं समाज, राष्ट्र र विश्वको लागि भन्ने लागिरहन्छ ।

आफ्नो लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

भनिन्छ सकारात्मक चिन्तनले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । यस हिसाबले आजसम्मको मेरो व्यक्तिगत अनुभवमा म आफूलाई सकारात्मक सोच राख्ने व्यक्तिको रुपमा लिने गर्दछु । त्यसैले म आफ्नो कामबाट अत्यन्तै सन्तुष्ट छु । हुन त यहाँनेर मैले बिर्सन नहुने कुरा के हो भने सन्तुष्ट हुनु भनेको सफलताको बिन्दु अन्त्य गर्नु हो । सायद मभित्र पनि नजानिदोँ कुनै असन्तुष्टि पो छ कि?

त्यसैले हो कि म पढिरहन्छु, लेखिरहन्छु ।

फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?

फुर्सद कुन चरोको नाम हो भन्ने नै बिर्सिसकें यो परदेशमा । दैनिक आठ घण्टाको ड्युटी समयभन्दा बाहेकको समयमा साहित्यिक किताबहरू पढ्नु, मनमा उब्जिएका भावनाहरू पन्नामा उतार्नु र अन्लाईनमा देश विदेशमा भएका गतिविधिहरूमा नजर लाउनुलाई नै फुर्सदको समय मान्ने हो भने हो साँच्चै म निकै फुर्सदिलो मान्छे रहेछु ।

अरबमा बस्नुहुँदो रहेछ । त्यहाँ कस्तो साहित्यिक माहोल छ ? त्यहाँको साहित्यिक कार्यक्रमहरूमा कत्तिको सरिक हुनुहुन्छ ?

हजुर अरब राष्ट्रमध्येकै नेपालीहरूको रोजगारीको उधम थलो कतारमा छु । मेरो नितान्त व्यक्तिगत विचारमा कतारमा जस्तो साहित्यक माहोल कुनै पनि अन्य देशमा हुन्न होला । यसको अर्थ यो होइन कि अरु देशमा रहनु हुने नेपालीहरूले साहित्यलाई माया गर्नु हुन्न । यद्यपी केही यस्ता ज्वलन्त उदाहरणहरू छन् जस्ले कतारमा साहित्यलाई माया गर्नेहरूको हूल छन् भन्ने ईंगित गरिराखेको छ । साहित्यप्रेमीहरूकै पहलमा कतारमा हाल २, ४ वटा त साहित्यिक संस्था नै खडा भैसकेको अवस्था छ । अन्तराष्टिय साहित्य समाज कतार च्याप्टर र नबोदित मोबाइल पुस्तकालयले त मासिक रुपमा वाचन शृखला नै संचालन गर्दै आएको छ । यसैको २० औं वाचन शृखंला काठमाण्डौंको प्रज्ञाप्रतिष्ठानमा अस्ति भर्खर सम्पन्न भएको थियो । यसबाट के पुष्टी हुन्छ भने केन्द्रसम्मै यसले आफ्नो पहुँच राखेको छ । यिनै दुई संस्थाको सदस्यताको हैसियतले मैले आफ्नो अति व्यस्त समयको बाबुजुद पनि त्यहाँ हुने हरेक साहित्यिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति जनाउँदै आएको छु ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?

एकदम राम्रो प्रश्न राखिदिनु भो सर । वास्तबमा भन्ने नै हो भने ममा साहित्य प्रति यत्तिको झुकाव हुनुमा यी सामाजिक संजालकै ठूलो हात छ । मैले अहिलेसम्म जे जति जानेको छु त्यसमा अरु साईटको भन्दा अझ बढि फेसबुकको ठुलो हात छ । यिनै सामाजिक संजालको माध्यमबाट जति सक्दो सामाजिकरणमा बढी जोड दिदैं आएको छु । असाहयहरूलाई आर्थिक सहयोग संकलनदेखि लिएर अन्यायमा परेकाहरूको आवाजलाई उठान गर्ने कार्य गर्न समेत पछि परेको छुईन । साथसाथै आफ्नो लेख रचना र अन्य मित्रहरूको लेख रचनामा नजर पुर्याई आवश्यक सरसल्लाह, सुझाव लिनेदिने गर्दैआईरहेको छु । यस हिसाबले केही हदसम्म मेरो जिन्दगीलाई मोड दिने काम यी संजालहरूले गरेको छ भन्दा कुनै आपत्ती रहन्न ।

तपाईँ-हामीजस्ता युवालाई साहित्यमा अरू आकर्षित गर्न अरू के भए हुन्थ्यो जस्तो लाग्छ ?

साहित्य भनेको एउटा सामाजिक बिम्ब देखाउने दर्पण हो । यहाँ भ्रमको खेती हुनु हुन्न । यस अर्थमा हामी जस्ता युवालाई अझ साहित्यमा आकर्षित पार्नका निम्ति राष्ट्रको तर्फबाट पनि केही होस भन्ने चाहना सबैमा हुन्छ । तर त्यस्तो केही हुन सकिरहेको छैन । बरु राजनिति हावी भएको देख्दा अत्यन्त दु:ख लाग्छ । गुट उपगुटको भकुण्डो गोल पोस्ट ताक्दै प्रहार गर्दै गरेका साहित्यिक खेलाडीहरू देख्दा डर लाग्छ । यी सब निमिट्यान्न पारी एक्दमै स्वच्छ र निश्पक्ष व्यवहार मात्रै भैइदिए यहाँ प्रतिभाहरू पलायन हुनु पर्दैनथ्यो कि?

तपाईँ गत साँढे तीन बर्ष यता लगातार मझेरीमा लेख्दै हुनहुन्छ । मझेरीलाई कस्तो मूल्यांकन गर्नुभएको छ? यति लामो समयसम्म निरन्तरता दिनुको कारण के होला ?

म अलि सन्की तर तितो सत्य बोल्ने मान्छे हुँ । सत्य बोल्नु मेरो कमजोरी पनि होला सायद । यसैलाई आत्मसाथ गर्ने हो भने मैले यहाँ भन्नै पर्छ खाडीको साहित्यिक प्यास मेट्ने पहिलो रस मझेरी नै हो । त्यसपछि भेटेको छु अन्य धेरै त्यस्ता खानीहरू यद्यपि मझेरीको आफ्नै स्वाद छ जुन अति गुलियो नि छैन अति नूनिलो नि हैन । एक किसिमको मिठास पाउँछु यसमा म । यसैले होला सायदै बिर्सनेछु मझेरीलाई जीवनको उत्तार्द्दसम्म पनि । अझ नयाँ नयाँ स्रष्टाहरूलाई हौसला दिन मझेरीदेखि लिएर धेरै अन्य साईटहरूमा पनि लेख रचनाहरू मेल गरिरहें र गरिरहेकै छु ।

सायद मझेरी प्रतिको मेरो झुकाव रहनुमा यसको प्रयोग् गर्न सहज भएर पो हो कि? किनकि यसमा आफ्नो रचना आफै पोस्ट गर्न सकिने र आफ्ना सबै लेख रचनाहरू सुरक्षित पनि रहने र जतिखेर मन लाग्यो त्यतिखेर पल्टाउन मिल्ने साथै उत्कृष्ट साहित्यिक खुराकहरू पाईने जस्ता सुविधाहरू छन् । यसको अलावा मझेरीमा विशुद्ध साहित्यिक गतिबिधि मात्रै हुने भएकोले होला यसमा निरन्तरता दिँदै आएको छु ।

उसो त यहाँका साप्ताहिक राजधानी र कान्तिपुरलाई मैले भुल्नु हुन्न ।

यो साँढे तीन वर्षमा तपाईँको लेखन निकै खारिएको महसुस गरेको छु । तपाईँलाई कस्तो लाग्छ ? यो कसरी सम्भव भयो ?

हेहेहेहेहे.......(लामो हाँसो) सायद निरन्तर अभ्यासले मानिसमा दक्षता ल्याउँछ । यदि त्यसो हो भने ममा पनि केही हदसम्म परिवर्तन आएको पक्कै हो तर यति नै पर्याप्त भने पक्कै हैन । गर्नु छ अझै धेरै संघर्ष । यसो हुनुमा म कति लेख्छु त्यो भन्दा दोब्बर सर्जकहरूको लेख रचना पढ्छु ।

मझेरीमा मात्रै तपाईँका ५०० भन्दा बढी रचना छन् । धेरै लेख्नुहुन्छ । लेख्न त्यति सजिलो छ ?

हो मेरो रचनाहरू संख्याको हिसाबले निक्कै बढी छन । तर ती सबै रचानात्मक हिसाबले भने बराबर छैनन् । कतिपय रचनाहरू सिकारु अवस्थाका छन् भने कतिपय हतारमा सम्पादन नै नगरी आफैले पोस्ट गरेको छु मात्र सुरक्षित राख्नलाई र यो नै मेरो डायरी हो भन्दा नि फरक नपर्ला । भविष्यमा त्यस्तो विशेष केही त गरिहाल्दिन ।

अन्य साइटहरू पनि प्रयोग गर्नु हुन्छ ?

मझेरीको बेग्लै पहिचान छ, प्रभाव छ किन कि मझेरीमा विशुद्ध साहित्यिक साईट हो र यस्मा लेख्नेले आफैले पोस्ट गर्न मिल्ने हुँदा जुनै बेला प्रयोग गर्न मिल्छ भने अन्य साइटहरूमा आफ्नो रचना पठाएको केही समय पछी मात्रै प्रकाशित हुने गर्छ । यसको अर्थ यो होइन कि अन्य साइटलाई माया गरिन्न ।

भविष्यका योजनाहरू छन् भने बताइदिनुहोला ।

हजुरलाई पनि जानकारी भएकै कुरा हो केही समयमा मेरो गीती संग्रह 'अतृप्त रहर' आउदै छ । सोचेअनुसार समयले साथ दिएमा अहिलेसम्मका संस्मरणहरूलाई पुस्तकार दिने योजना छ ।

मझेरी र अन्य साहित्यिक साइटमा देखा पर्ने लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?

म हरेक पटक अनलाइनमा बस्दा मझेरी चहार्छु । त्यसैले एउटै परिवारका सदस्य झैं जस्तो लाग्न थालेको छ यहाँ भेट हुने स्रष्टाहरू । व्यक्ति विशेष नाम लिनु अलिक अप्ठ्यारो महशुस भैरहेको छ किनकि हरेक नाम उत्तिक्कै प्रिय छन् मेरो लागि । यद्यपि आत्मियता र परिचितता, उहाँहरूबाट प्राप्त हौसला, प्रेरणाको आँखाले हेर्नु पर्दा बिना तामाङ् 'सुनगाभा', अज्ञात पाल्पाली, बुद्धि मोक्तान, कल्पना राई, मिना बान्तवा 'मृदु'र मनोज काफ्ले 'मनसुन' लगायत थुप्रै स्रष्टाहरू हुन्हुन्छ जसलाई म सम्झिरहन्छु ।

संसारभरि छरिएर रहनुभएका मझेरीका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ।

प्रिय मझेरीका लेखक तथा पाठक ज्यूहरू हामी जो जहाँ भएपनि रहेपनि हाम्रो कला र साहित्यलाई संधै माया अनि समान गरौं । अर्काको दासत्व स्वीकार्नु भन्दा आफ्नै माटोमा केही गरौं । यसैलाई आत्मसाथ गर्दै म् स्वयं पनि केही दिनपछि सदाको लागि आफ्नो जन्मभूमि फर्किदै छु ।

अन्त्यमा केही छ भने बताउनुहोला ।

म जस्तो साहित्यिक अनुरागीको भावनाहरू यसरी समस्त पाठकसामू राख्ने मौका दिनुभएकोमा मझेरी परिवार प्रति हार्दिक हार्दिक आभार प्रकट गर्दै मेरो भावनामा नजर पुर्यायईदिनुहुने सम्पूर्ण आदरणीय पाठक र मित्र बन्धुहरूमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । यहाँहरूको माया, हौसला प्रेरणा र आलोचना नै मेरो अचुक अस्त्र हो समय र समाजका विसंगतीसंग लड्ने । यहाँहरूको तितो मिठो प्रतिकृयाको आशामा सधैं प्रतिक्षारत हुन्छु । यहाँहरूले आफ्ना मनमा लागेका केही प्रतिकृयाहरू छन भने कृपया मलाई मेल गर्नुहोस । यसको लागि मेरो मेल एड्रेस [email protected] साथै फेसबुकमा पनि मलाई भेटाउन सक्नु हुनेछ Rajesh Rumba Lama सर्च गर्नु भएमा ।

धन्यवाद शुभ पल शुभ क्षण नमस्ते ।

राजेश रुम्बा लामा अतृप्तका रचनाहरू
राजेश रुम्बा लामा अतृप्तका रचनाहरू (सूची)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 308
‹ मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा) मझेरी भलाकुसारी, अंक १४ (गीता थापा दोषी) ›
  • 4282 reads
Tweet facebook

राजेश रुम्बा लामा यस्तो

बुद्धि मोक्तान (not verified) — Sun, 02/17/2013 - 15:18

राजेश रुम्बा लामा यस्तो सिर्जनाकार हुन जो अरुले कसैको गाजलु आँखा र बारुली कम्बर भनेर कुनै युवतीको सिङ्गारको बयान गरेर लेख्दै गरेको बेला ,वहाँ "मेरो बाल राम्रो,लरक्क परेको कपाल रामो" भनेर सिर्जना सिर्जित गर्नु हुन्छ। यस्ले वहाँ भित्रको दिगो आत्माबिश्वास प्रस्ट्याउछ । केही बर्ष बिते वहाँको रचना पढेर, र बिती रहेको पनि छ । हाम्रो भेट त भएको छैन तर हामी बिचको आत्मियता म शब्दमा लेख्न सक्दिन । आज फेरी मझेरिले एक ससक्क्त र जुजारु,जोसिला उदयमान सिर्जनाकारलाई साक्षात र नजिक बाट चिन्ने बुझ्ने मौका दिलायो,मझेरी र मझेरी परिवारमा हार्दिक धन्यवाद, एब राजेश रुम्बा लामा आसेङको साहित्यिक जीवन र सुनौला गोरेटोको कामना गर्दछु । धन्यबाद!!
बुद्धि मोक्तान

  • reply

धेरै पढियो ,मझेरीमा धेरै पल्टाईयो राजेश रुम्बा लामा'अतृप्त'।

अतिथिbina tamang (not verified) — Tue, 02/19/2013 - 20:22

आदरणिय स्रष्टा राजेश रुम्बा लामा'अतृप्त' संगको यो भलाकुशारीबाट उहाँको बारेमा धेरै भन्दा धेरै जान्ने मौका दिनुभएकोमा सर्वप्रथम त म मझेरीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
एक सच्चा ,निष्ठावन ,इमान्दार र सरल विन्यासले सुसज्जित स्रष्टाको रुपमा पहिचान बनाउन सफल उहाँलाई फेसबुकमा धेरै पढियो ,मझेरीमा धेरै पल्टाईयो। जति पढियो जति पल्टाईयो उति उहाँमा निहित प्रतिभालाई चिन्ने अवसर पनि पाईयो। सरल शब्द तर वजनदार भावमा उहाँ पोखिनुहुन्छ। यस अर्थमा उहाँका रचनाहरु दम्दार लाग्छ यद्यपी केहि रचना भने परिस्कृत हुनु पर्छ भन्ने मलाई लाग्छ। म उहाँको सुनौलो साहित्यिक यात्राको जीवनको कामना गर्दछु। धन्यवाद।

  • reply

सुन्दर प्रतिक्रियाको लागि

राजेश रुम्बा लामा 'अतृप्त' (not verified) — Thu, 02/21/2013 - 09:59

सुन्दर प्रतिक्रियाको लागि सुन्दर स्रष्ट द्दयामा हार्दिक हार्दिक धन्यवाद |

  • reply

मेरो नजरमा साहित्यकार राजेश रुम्बा लामा"अतृप्त"जी,....

calpana Rai (not verified) — Fri, 02/22/2013 - 10:40

हार्दिक धन्यवाद मझेरिलाई,जसले फेरी पनि एक कुशल साहित्यकारलाई छानेर हामि माझमा पस्कनु भएको छ,र लेखक का अन्तर्मनका भावनाहरु बुझ्ने मौका दिनु भएकोमा आभार ब्यक्त गर्दछु!

साहित्यकार राजेश रुम्बा"अतृप्त"जी का सृजना लाई साहित्यिक संजाल बाट पढ्न पाउदा व्यंगात्मक तरिकाले समाजमा घटिरहेका र सत्य तथ्य कुरालाई एकदमै रसिलो तरिकाले उतार्नु सक्नु नै उहाको खुबी लाग्छ,जुन तरिका मलाइ एकदमै मन पर्छ,उहा एकै विधामा सिमित नरही हरेक विधा जस्तो कि-,मुक्तक,गीत,कविता,गजल,संस्मरण,कथा ....ईत्यादि मा कलम चलाउदा निकै सरल तरिकाले प्रस्तुत हुदै सम्बन्धित रचनाको गहिराई छुन सफल लाग्छ,उहाको यो साहित्य प्रतीको मोह,माया र उदेश्य सोचे जसरि मौलाउदै जाओस,भन्दै सफलताको लाखौ-लाख कामना गर्दछु/

नमस्ते

  • reply

राजेशजीलाई भलाकुसारीमा सामेल

ks — Sat, 02/23/2013 - 13:02

राजेशजीलाई भलाकुसारीमा सामेल भइदिनुभएकोमा धन्यवाद छ । आशा छ अरू लेखक-पाठकको लागि यो अन्तर्बार्ता लाभदायी भएको छ !

  • reply

यहाँहरुको यो माया र हौसला अनि

राजेश रुम्बा लामा 'अतृप्त' (not verified) — Sun, 02/24/2013 - 13:33

यहाँहरुको यो माया र हौसला अनि साथ् सदैब कायम रहोस यही छ मेरो आशा र चाहना | यहाँहरु द्धारा नै मलाई एउटा साहित्यानुरागीको रुपमा सबै सामु परिचित गराउनु भो जसको बदला म शब्दमा पोखौना सक्दिन |
तर पनि विश्वास छ एक दिन म कुनै न कुनै रुपमा यहाँहरुको यो माया र साथलाई सबै सामु देखाउने छु |
नमस्ते सबैमा |

राजेश रुम्बा लामा 'अतृप्त'

  • reply

शुभकामना

sanamgole — Sun, 03/03/2013 - 01:10

राजेश रूम्बा जी लाe नजिक बाट चिन्ने मौका दिनुभएकोमा मझेरी डट कम लाई धन्यबाद
साथै रूम्बाजीको साहितीक यात्रा अझ्झ ससक्त रूपमा अगाडी बढोस शुभ कामना छ।

  • reply

बधाई तथा सुभकामना छ

Manojmansoon — Wed, 03/27/2013 - 10:25

मरुभूमिमा तातो बालुवा छ, सृजनाका फूल फुलाउन, जोगाउन दुखै हुन्छ, लामो समय काममा भएर फर्कदा खाना पकाएर खाने फुर्सद हुन्न मैले खेपेको कुरा हो.. बाध्यताले हो हामी पर भएको लोभले होइन.. यहाँ राजेश जी लाई नजिक बाट पढ्न पाउँदा अत्यन्तै हर्ष लागेको छ मलाई l वहाँको साहित्यको पाटो मरुभूमिमा रहेर पनि मौलाउदै जाओस मेरो यहि सुभकामना छ

मनोज मनसून

  • reply

बधाई तथा सुभकामना !

Manojmansoon — Wed, 03/27/2013 - 10:23

मरुभूमिमा तातो बालुवा छ, सृजनाका फूल फुलाउन दुख हुन्छ मैले खेपेको कुरा हो.. बाध्यताले हो हामी पर भएको लोभले होइन.. यहाँ राजेश जी लाई नजिक बाट पढ्न पाउँदा अत्यन्तै हर्ष लागेको छ मलाई अनि वहाँको साहित्यको पाटो मरुभूमिमा रहेर पनि मौलाउदै जाओस मेरो यहि सुभकामना छ

मनोज मनसून

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    4 days 14 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 1 day ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 3 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 16 hours ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 1 day ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 5 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 5 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • हाइकु ६५ - ७४ "हाम्रो पोखरा"
  • मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)
  • हे बिजुली मैयाँ
  • जतन गर्नु ल !
  • पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
  • मझेरी भलाकुसारी, अंक १६ (सदानन्द अभागी)
  • नवोदित साहित्यिक मोबाइल पुस्तकालयको अधिवेशन सम्पन्न
  • एक बिधवा महिलाको यौनकथा
  • अपराध गरिन मैले
  • राम्रो कर्म
  • “तिमी जहाँ छौ त्यहाँ”
  • गजल समवन्धी बहस ः अनलाइनमा फष्टाएकोे ‘विलयन गजल लेखन’ —केशु विरही
  • जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल)
  • धुलो पीठो हुँदा पनि
  • मेरो यो यौवन
  • तिम्रो साथमा बाच्न पाउँ, तिम्रै साथमा मरुँ म राधा,
  • श्रेष्ठ ललित निबन्ध
  • परागमा छर्छु मिठाे सुवास
  • मुहार त्यो हेरिरहूँ लाग्यो
  • बोलीको प्रभाव
  • महामारी ज्वरो
  • गौंथली
  • नेपाली बहरे गजलमा आजसम्मकै सबैभन्दा लामो गजल
  • तिमी बदलिएछौ
  • बादशाहको अत्याधुनिक पोशाक
  • वर्गसङ्घर्ष
  • मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)
  • सहयोग
  • राजनीति र नेता
  • स्वच्छन्द कुनै सरकार हुँदैन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित