हामी बीचको सबै दुरी आऊ मेटाऔँ आज हामी
यौवनमा बग्दै बग्दै दोभान भेटाऔँ आज हामी
रसिलो त्यो तिम्रो जोवन भुन्भुनाई चुम्छु अनि
उन्मत्त वैंश कस्तो हुन्छ देखाऔँ आज हामी
अग्लिएको हिमचुचुरा थामिदिन्छु आफैँमाथि
मस्त बदन एक अर्कामा मस्तै टेकाऔँ आज हामी
बल्छ आगो पक्कै पनि सल्केपछि वासना त्यो
वैंश घोटी चिसो चिसो जोवन सेकाऔँ आज हामी
राजेश रुम्बा लामा’अतृप्त’