नेपाली हो अब हामी चुप लागेर बस्ने होईन
साधा जीवन उच्च विचार तलतल खस्ने होईन
साथ छोडी, हात जोडी अधिकार माग्न छोडी
सजिएर चट्ट परी कोठाभित्र बस्ने होईन
ठेस लाग्छ यात्रा गर्दा हिम्मत हामी हार्ने छैनौ
गाँठी कुरा नबुझे र हो–हल्लामा फँस्ने होईन
राजनैतिको पछि होईन थोत्रो गफ लगाउँदै
नेपालीले, नेपालीलाई होच्याएर डस्ने हाईन
एक्काइसौँ शताब्दीको चेतनाको घण्टीसँगै
विदेशनै हो ठुलो भनी कम्मर मात्र कस्ने होईन
साधा जीवन उच्च विचार तलतल खस्ने होईन