Skip to content


जहाँ जन्मे हुर्के बढे, टालाटुली बाटुली खेल्दै
हरियालीको स्वच्छ पावनमा, साथीसंगीसाथ भ्रमण गर्दे ।
स्मरण आउँछ रमेका ती, पैदद उकाली ओराली बनोरम जंगल
उही नै देश हिमालयन बसोन्नोस्थल, प्यारो मेरो प्यारो नेपाल ।

छाङ्गा छहरा संगै सुसेली हाली, कुहु कुहुको भाकामा माधुर्य सुन्दै
स्वर्गादि हृदय आनन्दमुख बनाउथे, ताराबाजीको भाकामा नाच्दै गाउँदै ।
भु आभास हुन्छ मष्तिषक मापन गर्दा, हृदय स्मारक ती शैशवकाल
उही नै देश हिमालयन बसोन्नोस्थल, प्यारो मेरो प्यारो नेपाल ।

प्रकृतिको देनमा हवि हुदै, गुञ्जयमान भै थर्किने पाखा पखेरा
बाह्रै महिना नदीको सुरम्य दृश्यमा, अलौकिक हुन्थे भाव डुङ्गा देखेर ।
बिहानीको मिरमिरेमा नै घाँस दाउरा गर्थ्यौ, गर्थ्यौ अर्म पर्म मिलनसार खेतपाल
उही नै देश हिमालयन बसोन्नोस्थल, प्यारो मेरो प्यारो नेपाल ।

लाली गुँरासका थुङ्गा सम्हाली, शिरोन्य गर्दै उफ्री हिडेको
चञ्चलापन सुवास देखाई, वृक्ष छायाँ आसनमा क, ख, ग सिकेको ।
अनुभवित हुन्छ हृदय स्परक त्यो, स्वर्गीय शैशवकाल
उही नै देश हिमालयन बसोन्नोस्थल, प्यारो मेरो प्यारो नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *