Skip to content


भोलेबाबा शिवजीलाई सबैको कल्याणको लागि यसैबाट विनम्रतापूर्वक आव्हान गरौं । हामीलाई कल्याणको परिभाषा पनि ठीक मात्रामा थाहा छैन । तर कल्याण के हो ? उक्त कल्याण शिवजीले मात्र जात्रु हुन्छ । हामीले त्यस्तो कल्याण सबैलाई प्रदान गरी शिवजीलाई दिलाइदिनुहुन विनम्र वन्दना गरौं । त्यस्तो कल्याणबाट सबैलाई शान्ति होस् , सबैलाई आनन्द होस् , सबैको मनको ईच्छा पूरा होस् । “सबै भनेका ती हुन् जुन दृष्य–अदृष्य , चराचर जगत भित्र–बाहिर जति पनि रचना–अरचना छन् ” ती सबलाई कल्याण गरिदिनुस् ।

जय शिव भोला , द्रुत्त बम भोला , सबै दुःखीयारीहरुको दुःख हटाइदिनुहोला ।

दक्षकी छोरी सती अन्माउँदा
शिवलाई सोधियो बुबाको नाम पहिला
शिर निहुर्याई महादेवले केही भत्र सकेनन्
दक्षले बाबुबिना कन्यादान गर्न मानेनन् ।।१।।

तब बिष्णुले दक्षलाई भन्यो
न शुरु न अन्त्य आदिनाथ हो यो
शिवनै शिव, शिव दृष्टि अनन्त
सबका पिता सर्वश्रेष्ठ भगवन्त ।।२।।

जति जन्म भयो जति मृत्यु सतीको
तीसबैका खप्परमाला रुद्राक्षको
शिवले लगाई भयो आदिनाथ शिव
त्रिकालदर्शी त्रिकालप्रवेशी शिव ।।३।।

शिव चिन्तन अबिरामले
दिन्छ सञ्जिवनी यो नामले
प्रेम–सुधा शिव नाम हो
कल्पतरु पूण्यआत्मा जो ।।४।।

हाँसजस्तो ध्यान गर्ने
भक्तिको मोती निक्लने
पतित पावन जस्तो निर्मल
शिव सबको छ जसको अमल ।।५।।

तनको सुगन्धले सुनलाई
चम्काउँछ जस्तो मनलाई
शिव स्मरण गर्नाले आत्मा
पुग्न जान्छ त्यहाँ परमात्मा ।।६।।

भूतको पनि तिमी ईश्वर
दया नीधि तिमी सर्वेश्वर
कणकणको पनि तनमा छौ
नीलकण्ठ तिमी मनमा छौ ।।७।।

चन्दन वृक्ष छ जहाँ
डस्दैन कुनै नाग त्यहाँ
त्यसलाई कहिल्यै लाग्दैन दाग
त्यो हो शिवभक्ति स्वर्गीय वाग ।।८।।

चन्द्रचूड उमापति तिमी
विश्वेश्वर त्रिनेत्रा तिमी
शरणागती जो भएपनि तिमीले
काट्छौ क्लेश सकललाई जहिले ।।९।।

त्यो तिम्रो शिवद्वारमा
प्रपञ्च चल्दैन कुनै ठाउँमा
भयभञ्जना नटराज तिमी
डमरुवाला त्रिशुलवाला तिमी ।।१०।।

जसले तिमीलाई वन्दना गर्छ
तिम्रो नियमले उसलाई तार्ने गर्छ
तिमी विधिको विधान हो
तिम्रो कार्य अबिराम हो ।।११।।

लाखौं अश्वमेघ होस्
लाखौं गङ्गा स्नान होस्
योभन्दा उत्तम जान
शिव चरणको स्थान ।।१२।।

अलक निरञ्जन छ नाद
यसैमा छ आत्मज्ञान शिववाद
शिव भट्किएकाको बाटो
यो मुश्किल हटाउने पाटो ।।१३।।

चित्त शुद्ध गरी जप्दा शिव
अमर गुणहरुको खानी निक्लन्छ तब
सत्सङ्गती गर्दा पुगिन्छ शिवकहाँ
पश्चात्ताप गर्दा मार्ग शिवकहाँ ।।१४।।

गरिन्छ जब लिङ्गेश्वरको मनन
शिद्ध हुन्छ काम हरदम
ॐ नमो शिवायः रटीरहू
शिवले लाज बचाउनुहुन्छ सम्झिरहू ।।१५।।

शिवचरण छोएमा मात्रै पनि
तनमन पावन हुन्छ, हुन्छ गुणको खानी
शिवको रुप छ अनुपम
समतामा पुग्ने छैन कसैमा दम ।।१६।।

महावली तिमी, महादेव तिमी
महाप्रभु तिमी, महाकाल तिमी
असूर निरन तत्वलाई पनि
पीडा तत्काल हर्ने तिमी ।।१७।।

सर्वब्यापक छौ तिमी भोला
धर्मरुपको राम्रो गर्छौ सब चोला
अमर पनि तिमी, अनन्त पनि तिमी
पालनहार अनि भगवन्ता तिमी ।।१८।।

शिव तिमी संसारको कर्ता
सृष्टिको मूल भयहर्ता
रोमरोममा रम्नदेऊ शिव
सदा नभुलिदेऊ शिव ।।१९।।

शिव भनेको के हो
पावन धारा अमृत त्यो हो
त्यसले गर्छ सफाइ जो
हरेक कष्ट धुन्छ त्यो ।।२०।।

गर्नुपर्छ शिवको पाठ
पार्छ अनि सुखदायक गाथ
शिवलाई गरौं निसदिन भक्ति
हुन्छ अनि भयबाट मुक्ति ।।२१।।

गरौं सबै शिवधाम पूरा
हुन्छ भयको सूली हट्ने काम पू्रा
शिवको साधक दुःख नमान
शिवलाई हरपल सम्मुख जान ।।२२।।

दूध शिवलाई जसले सुम्पन्छ
उसको सुनको तन झललल टल्कन्छ
शिव सागरमा जो डुब्दछ
संकटसँग हाँसेर् जुझदछ ।।२३।।

शिव छ जस्को सङ्गीसाथी
बिपद सताउत्र कहील्यै मासी
शिवले भक्तको हात समाउँछ
शिव सन्तानसँग खुशीले रमाउँछ ।।२४।।

शिवले गरेको हो व्रम्हाण्ड रचना
तीनै लोक हो शिवको माया
जसलाई शिवको करुणा हुन्छ
त्यो ढुङ्गा पनि मोति हुन्छ ।।२५।।

शिवसँग प्रेमको तार जोड
शिवको चरण कहिल्यै नछोड
शिवमा मनुवा मनलाई रङ्गाऊ
मस्तकको रेखालाई पनि बदल्न लगाऊ ।।२६।।

शिव हरजनको नसनस जान्दछ
असल खराब के हो जान्दछ
अजर अमर शिव अविनासी
शिव पूजनले कट्छ चौरासी ।।२७।।

यताउता शिव सर्वव्यापक
शिवको दयाको बनौं याचक
शिवलाई गर्छ जस्ले सच्चा निष्ठा
हुन दिँदैन उसलाई कहिल्यै रुष्ठा ।।२८।।

हुन्छ शिव श्रद्धाको भोको
भेदभाव गर्दैन भोग लगाउँदा रुखोसुखो
भावनाले शिवलाई वसमा राख्छ
प्रीतबाट प्रीतनै बढ्छ ।।२९।।

शिवले भन्छ मनले जाग
प्रेम गर अभिमान त्याग
दुनियाँको मोह त्याग
लीन भै अन्तर अनुराग ।।३०।।

सुख–दुःख, हानी–लाभ शिवकै हो देन
यो लीला अपरम्पार शिवकै हो खेल
भष्ममा रमाउने पार्वती बल्लभ
शिव फलदायक, शिव दुर्लभ ।।३१।।

महा कौटूकी जय शिवशङ्कर
सूल धारी शिव अभयङ्कर
शिवको रचना धरती आकाश
देवताको स्वामी बस्छौ तिमी कैलाश ।।३२।।

कालै पहिरिन्छौ तिमी जहिल्यै
रुण्डन लगाउँछौ कुषित जहिल्यै
धर्मलाई कहिल्यै गर्दैनौ दुषित
तिम्रो काम सबैनै पुनित ।।३३।।

दुर्गापति शिव गिर्जानाथ
दिन्छौ तिमी सदा सुखको प्रभात
सृष्टिकर्ता त्रिपूर छेदक
शिवको महीमाले गर्छ अभेदक ।।३४।।

दीव्य तेजको रवीनै शङ्कर
पूज्छौं हामी तबदेखि शङ्कर
कोही शिवजति नादानी छैन
भोलेवावा तिमी जति कोही छैन ।।३५।।

शिवनै ॐ, ॐनै शिववाणी
शिवको भक्ति अत्यन्तै कल्याणी
मुनिवर भन्छन् गुणी स्थानी
शिवनै योगी शिवनै ध्यानी ।।३६।।

शिवको कुरा शिवनै जान्दछ
नदिको हलाहल मुखले तान्दछ
नेकीको रस बाँड्छ अनि
सबै मेरो सन्तान भनी ।।३७।।

सबैको मनोरथ सिद्ध गरिदिन्छ
सबैको चिन्ता हरीलिइदिन्छ
वमभोला अवदूत स्वरुपा
शिव दर्शन अति अनुपा ।।३८।।

अनुकम्पा शिव हो झरना
हरिदिने त्यो सबैको तृष्णा
भूतको पनि अधिपति तिमी शङ्कर
निर्मल मनसुव मति तिमी शङ्कर ।।३९।।

कामको शत्रु विषको नाषक
शिव महायोगी भय विनाषक
उग्ररुप शिव महातेजस्वी
शिवजस्तो छैन अरु तपस्वी ।।४०।।

हिमगिरी पर्वत शिवको डेरामा
अँध्यारो टिक्दैन शिवको घेरामा
लाखौं सूर्यभन्दा तेजिलो शिवज्योति
शब्दले उपमा गर्न नसकिने मोति ।।४१।।

शिव हो जगको सृजनहार
परिआए गर्छौ त्यसको पनि संहार
वन्धु, सखा, इष्ट शिव तिमी हाम्रो
शिव भन्दानै पारिदिन्छौ सबैलाई राम्रो ।।४२।।

कोही छैन शिवजति परोपकारी
तिमी छौ सदा सर्वहितकारी
शिव करुणाको श्रोत
सबैसँग उसको प्रीत ।।४३।।

शिवनै परमपूनीत
शिवनै मनमीत
शिव सर्प भूषणधारी
पाप भक्षण त्रिपुरारी ।।४४।।

जटाजुट शिव चन्द्रशेखर
विश्व रक्षक कलाकलेश्वर
शिव वन्दना जसले गर्छ
धन वैभव उसले पाउँछ ।।४५।।

शिवको पूजाले कष्ट मेट्छ
उसले सर्वश्रेष्ठ दयालु भेट्छ
डमडम डमरु जबजब बोल्छ
घोर निशाचर मन तब डोल्छ ।।४६।।

पञ्चमुखी शिव तिमी मात्र
दुःखीजन सबैको प्रिय पात्र
तिम्रो दासलाई पार्छौ निर्भिक
तिम्रो धाम छ अति रमणिक ।।४७।।

शिवको मूर्ति राख मनमा
शिव छ तिम्रो भृकुटी तनमा
शिवको अर्चना मङ्गलकारी
भक्ति साधन भव भयहारी ।।४८।।

भक्तवत्सल दीनदयाला
ज्ञानसुधा शिव कृपाला
शिवनामको नौका छ मनोरम
चिन्ता पञ्छाउँदै बढ्छ हरदम ।।४९।।

जीवन सिन्धु सहज जो बनाउँछ
सुमिरन शिवले कल्प–कल्प तराउँछ
शिवको लीलाको गुण गाऊ
शिवलाई भुलेर पनि नविर्सिऊ ।।५०।।

तारकासूरलाई मार्छौ तिमी
भक्तलाई बचाउँछौ तिमी
अल्कासूरबाट पनि बचायौ
अनौठो लीला खेल देखायौ ।।५१।।

शिव चरणमा लिपटीरहू
शिवशिव जयशिव बोलिरहू
भष्मासूरलाई पनि वर दियौ
भोलेनाथ तिमी भोलेबाबा कहलियौ ।।५२।।

शिवको थोपा दर्शन गरेमात्र
मनचाहे वरदान पाउँछ त्यो पात्र
शिवशङ्करको जप गर
रोग हर सन्ताप हर ।।५३।।

जसलाई हुन्छ शिव अनुग्रह
दूर भाग्छ पीडा अनि कलह
व्रम्हा, विष्णु शिव अनुरागी
शिवजी दीनहीनको स्वामी ।।५४।।

निर्वलको वलरुप शम्भू
तिर्खामा जलरुप शम्भू
रावण अतीप्रीय छन्दकर्ता भक्त अजीवको
दश टाउकाको माला शिवलाई सुम्पेको ।।५५।।

दुःख निवारक हो शिवजी
दीव्यधाम रत्न हो शिवजी
शिवनै सबको भाग्य विधाता
शिव सुमिरन सर्वफलदाता ।।५६।।

शिव दधिचीको भगवन्ता
शिवको रचना अमर अनन्ता
शिवको सेवा गर्छ सुदर्शन
सासै पनि छ शिवमा अर्पण ।।५७।।

महादेव शिव हो वरदाता
भवानीलाई दिने आधा शरीरदाता
शिवशक्तिको मेल अनौठो
शिवको हरेक खेल अनौठो ।।५८।।

सम्भरनामी भक्तलाई तार्यौ
चन्द्रसेनको शोक सबै हर्यौ
पीङ्गलाले जब शिवलाई भज्यो
नर्क छुट्यो मोक्ष पायो ।।५९।।

वेलपत्रले तर्यो चण्डाली
शिव अनुकम्पा छ निराली
मार्कण्डेयको भक्ति हो शिव
दुर्वासाको शक्ति हो शिव ।।६०।।

रामले जब शिव पुकार्यो
सेतुको वाधा सबै तर्यो
धनुषवाणको बाटो बनायो शिवले
वलको सागर निकाल्यो शिवले ।।६१।।

श्रीकृष्णले पनि जब ध्यान गर्यो
दश पुत्रको त्यहाँ वरदान पायो
हामी सबैको स्वामी शिव हो
अनहद अन्तरयामी शिव हो ।।६२।।

दीन दयालु शिव हो मेरो
शिव जति छैन अरु कोही प्यारो
गर्नुपर्छ भने सबै कुराको आश
शिवको बनौं हामी दास ।।६३।।

हामी सेवकको स्वामी शिव हो
अनहद अन्तरयामी शिव हो
घटघटलाई शिव जान्दछ
सबैलाई प्यारो आफ्नो ठान्दछ ।।६४।।

परशुरामले जब शिव गुण गायो
तप गर्यो र हलो पायो
निगुर्ण, वीर शिव निराकार
शिवनै सृष्टिको आधार ।।६५।।

शिवनै हुन्छ मूर्ति मात्र
शिवनै हो कल्याण मात्र
शिवनै छ कणकण भित्र
शिवनै हो सबको मित्र ।।६६।।

तनको भित्र पनि शिवनै बोल्छ
दिलको धड्कण पनि शिवमय छ
हामी कठपुतलीलाई शिवनै नचाउँछ
ननै हामीले नयनले देख्न पाउँछ ।।६७।।

जति पनि छ रङ्गदार खेलौना
अति छ राम्रो सुन्दर सलौना
शिवले जोड्छ शिवले तोड्छ
न कसैलाई खुलानै छोड्छ ।।६८।।

आत्मा शिव परमात्मा शिव
दयाभाव धर्मात्मा शिव
शिवनै दीपक शिवनै वाती
शिव सबैको धरती माती ।।६९।।

सदियौं देखि ज्येष्ठ शिव छ
सकल गुणमा श्रेष्ठ शिव छ
जब ऊ ताण्डव गर्न थाल्छ
व्रम्हाण्ड सारा काँप्न थाल्छ ।।७०।।

तेस्रो आँखा जब–जब खोल्छ
त्राही–त्राही यो जग बोल्छ
शिवलाई तिमी प्रशत्रनै राख
आस्था र लगननै राख ।।७१।।

शिवको पूजा विष्णुले जब गर्यो
कमल चढाउने उसलाई सुझ्यो
एउटा कमल जुन कम्ती पायो
आफ्नो सुन्दर नयन चढायो ।।७२।।

साक्षात तब शिवनै आयो
कमल नयन विष्णु कहलायो
इन्द्र धनुषको रङ्गमा शिव
सन्तको सत्सङ्गमा शिव ।।७३।।

भक्त हुन्छ त्यो महाकालकोे जहिल्यै
मार्न सक्दैन कालले कहिल्यै
द्वारमा खडा हुन्छ जब यमराज
त्यसलाई टालेर शिवहुन्छ धर्मराज ।।७४।।

यदि सुदन महारौद्र शिव हो
आनन्द मूर्ति नटवर शिव हो
शिवनै हो स्मशान निवासी
शिवले काट्छ मृतलोकको फाँसी ।।७५।।

वाघ चर्म कम्मरमा उसको
शिव भक्तको मननै उसको
नन्दी गणमा गर्छ सवारी
आदिनाथ शिव गङ्गाधारी ।।७६।।

कालको पनि काल हो शङ्कर
विषधारी जगपाल हो शङ्कर
महासतीको पति हो शङ्कर
दीन सखा सुमती हो शङ्कर ।।७७।।

लाखौं शशीका सम्मुख वाले
भाङ्ग धतुरो तिमी मतवाले
काल भैरब भूतहरुको स्वामी
तिमीसँग काँप्छन् सब छलकामी ।।७८।।

मङ्गलकर्ता मङ्गल हारी
देव शिरोमणी महासुखकारी
शिव कपाली शिव भष्माङ्गी
शिवशक्ति महामाया अर्धाङ्गी ।।७९।।

शिवको भक्त धुनी जगाई जाग्छ
शिवको दया हर जीव माग्छ
जल तथा वेल गर्दा समर्पण
श्रद्धाभावले गर्दा समर्पण ।।८०।।

शिव सदा उसको गर्दछ रक्षा
सत्यकर्मको दिँदै शिक्षा
शिवसँग उसको प्रीत जो बढ्छ
जसले ॐकारको मनन जो गर्दछ ।।८१।।

लिङ्गमा चन्दन लेप जो गर्छ
उसको भण्डार शिवले भर्छ
चौसठ्ठी योगीनी शिवको वसमा
शिव नुहाउँछ भक्ति रसमा ।।८२।।

वासुकी नाग कण्ठको शोभा
आसुतोष तिमी महादेवा
विश्व मूर्ति करुणा निदान
महा मृत्युञ्जय शिव भगवान ।।८३।।

शिव लगाउँछ रुद्राक्षको माला
नीलेश्वर शिव तिमी डमरुवाला
पापको षोडक मुक्ति साधन
शिवले गर्दछ निर्दयीलाई मर्दन ।।८४।।

शिव सुमिरन त्यो नीर हो
धुलाउने त्यसले पापको पीर हो
जब चल्छ पवन शिवनाम
उडेर जान्छ सबै बदनाम ।।८५।।

पञ्चाक्षरको मन्त्र शिव हो
साक्षात सर्वेश्वर शिव हो
शिव नमन गर्छ जग सारा
शिवको यो सकलरुप सारा ।।८६।।

क्षिर सागरलाई मन्थन गर्ने
रिद्धिसिद्धि सुखमय गर्ने
अहङ्कारको शिव विनाषक
धर्म ज्योति दीप प्रकाशक ।।८७।।

शिव विच्छुयनको कुण्डलकारी
शिव पुग्न सक्छ सृष्टि पारि
त्रिजगतको ईश हो शिवजी
दीव्य तेज धारी हो शिवजी ।।८८।।

महानन्दाले गर्यो शिव चिन्तन
रुद्राक्ष माला गर्यो उसले धारण
भव सिन्धुबाट तार्ने शिव
अनुकम्पा अपरम्पारा शिव ।।८९।।

महाभारलाई सहने तिमी
वैर रहित दया गर्ने तिमी
गुण स्वरुप शिव अनुपा
अम्बानाथ शिव तप रुपा ।।९०।।

शिव तेज परम सुख ज्योति
शिव करुणाको उज्वल मोति
पूण्यात्मा शिव योगेश्वर हो
महादयालु सर्वेश्वर हो ।।९१।।

शिव चरणमा मष्तक राख
श्रद्धा भावले अर्चना गर
मनलाई शिवालय रुप बनाऊ
रोमरोममा शिवसित रमाऊ ।।९२।।

शिव चरणको धुलो शिरमा राख
मस्तकलाई स्वच्छ पवित्र राख
श्रद्धाभावले अर्चना गर
शिवकोनै भरमा पर ।।९३।।

मनलाई शिवालय रुप बनाऊ
रोमरोममा शिवलाई बसाऊ
शिवको कुरा सबै भै हाल्छ
शिवको दासले परमपद पाइहाल्छ ।।९४।।

दसै दिशामा छ शिवदृष्टि
सबैमा छ शिवकृपादृष्टि
शिवनै सदा सन्मूख जान
कण कणभित्र बसेको मान ।।९५।।

शिवलाई सुम्प जीवन नैया
शिवनै संकट टाल्ने खिवैया
अञ्जली बाँधेर गर्छ जो वन्दन
भय जञ्जालको टुट्दछ बन्धन ।।९६।।

रक्षा जसलाई गर्छ शिवले
मार्न सक्दैन उसलाई कसैले
आगोको नदीबाट पनि बच्छ
संकटको हरवाधा टर्छ ।।९७।।

शिव दाता भोला भण्डारी
शिव कैलाशी कला विहारी
सगुण व्रम्हाण्ड कल्याण कर्ता
विघ्न विनाषक बाधा हर्ता ।।९८।।

सृष्टि सबै शिवको स्वरुप हो
पृथ्वीको उज्यालो शिव स्वरुप हो
अगन दीप पनि माया शिवको
कामधेनुमा पनि छायाँ शिवको ।।९९।।

गङ्गामा शिव, शिवमा गङ्गा
शिवले हटाउँछ सबै कुसङ्गा
शिवको करमा छ त्रिशूल
शिव विना हुन्छ सब निर्मूल ।।१००।।

स्वर्णमयी छ शिवजटा
अन्तर्यामी शिव शम्भू छटा
जो जन शिव महिमा गाउँछ
शिवबाट फल मन वाञ्छित पाउँछ ।।१०१।।

शिव पग पंकज स्वर्ग समान
शिव पाउँछ जो तोड्छ अभिमान
शिवको जप हरपल माला
शिवको नजरमा तीनै काला ।।१०२।।

शिवको भक्तलाई जब दुःख हुन्छ
शिव तुरुन्तै त्यहाँ आइपुग्छ
परमानन्द अनन्त स्वरुप
योगीको ध्यानको तिमी व्रम्हरुप ।।१०३।।

अन्तरघटमा यसलाई बसाऊ
दीव्य ज्योतिमा ज्योति मिलाऊ
नमो शिवाय जप्छ जुन स्वास
पूरा हुन्छ हरमनको आश ।।१०४।।

परमपिता परमात्मा
पूर्ण सच्चिदानन्द धर्मात्मा
शिवको दर्शनले त्यो मिल्छ उसलाई
महाआनन्दले सबै हुन्छ भलाई ।।१०५।।

शिवसँग विमुख कहिल्यै नहोऊ
शिव सुमिरनको मोती पहिरिऊ
जसले शिवको भजन गर्छ
उसले सबै ठाउँ शिवैशिव देख्छ ।।१०६।।

प्रितमा शिव छ शिवमा प्रिती
शिव सन्मुख टिक्दैन अनीति
शिवनामको मधुरस छ सुगन्ध
नन्दी बाहन माथि तिमी आनन्द ।।१०७।।

भक्तले शिवलाई प्रेमले जित्छ
परम पुरुषले ज्ञानले पूज्छ
शिवनै निर्मल निर्दोष
शिवनै निश्छल सन्तोष ।।१०८।।

आठै प्रहर आराधना गर
ज्योर्तिलिङ्ग शिवलाई जोड कर
नयनको नानीमा बसाऊ शिव
रुप अनुप छ हेर त शिव ।।१०९।।

लिङ्गमय जगत सारा छ
लिङ्गमय धर्ती आकाश छ
लिङ्ग चिन्ताले हुन्छ नाश
सबै पापको भण्डार र त्रास ।।११०।।

लिङ्ग पवनको वेग हो
अग्नीको ज्योति तेज हो
लिङ्गबाट पाताल बनेको छ
वरुणको श्रोत लिङ्गको छ ।।१११।।

लिङ्गबाट नै वनस्पती
लिङ्गनै फलफूल
लिङ्गनै रत्न स्वरुप
लिङ्गमा लिङ्ग धुल ।।११२।।

लिङ्गनै जीवनरुप हो
लिङ्गबाट मृत्युरुप हो
लिङ्गनै हो घनघोर
लिङ्गनै हो मुञ्चार ।।११३।।

ज्योतिलिङ्गको साधना
गर्छ तीनै लोक वन्दना
लिङ्गनै मन्त्र जप हो
लिङ्गनै श्रोत रुप हो ।।११४।।

लिङ्गले बनेको छ पुराण
वेदहरुको सार यो हो प्राण
रिद्धिया सिद्धिया लिङ्ग हो
कर्ता कर्ताल लिङ्ग हो ।।११५।।

प्रभातकाल लिङ्ग पूज
पूर्ण गर सब काज
लिङ्गमा विश्वास गर
लिङ्गले राख्छ लाज ।।११६।।

सकल मनोरथ सिद्ध हुन्छ
दुःख सबै हुन्छ अन्त
ज्योतिलिङ्गको नामले
सुमिरन गर भगवन्त ।।११७।।

मानव, दानव, ऋषिमुनि
ज्योतिलिङ्गको दास
सर्व व्यापक लिङ्ग हो
पूरा गर्छ हर आश ।।११८।।

शिवरुपी यो लिङ्गलाई
पूज्छ सब अवतार
ज्योतिलिङ्गको दयाले
सपना पार्छ साकार ।।११९।।

लिङ्गमा चढाएको नैवद्य
जो जन लिन्छ प्रसाद
उसको हृदयमा बज्छ
शिव करुणाको नाद ।।१२०।।

ज्योतिलिङ्गको जो
महिमा गाउँछ
रोग र शोकबाट
मुक्ति पाउँछ ।।१२१।।

सर्वब्यापी शिव बदल्छ
भाग्यको पनि रेखा
शिवको चरण सरोजले
हटाउँछ सारा व्यथा ।।१२२।।

तपतपाउँछ ज्योतिलिङ्गमा
गङ्गाजलको धार
गर्छ गङ्गाधर तिमीलाई
भवसिन्धुबाट पार ।।१२३।।

चित्त शुद्धि हुनेछ
लिङ्गको गर ध्यान
लिङ्गनै अमृत कलश हो
लिङ्गनै दया निदान ।।१२४।।

ज्योर्तिलिङ्ग हो शिवको ज्योति
ज्योर्तिलिङ्ग हो दयाको मोति
ज्योर्तिलिङ्ग रत्नको खान
ज्योर्तिलिङ्गमा रहन्छ जहान ।।१२५।।

ज्योर्तिलिङ्ग हो नटनागर
अमर गुणको यो सागर
ज्योर्तिलिङ्गको तेज पाउँछ जसले
धनसम्पत्ति दिने गर्छ यसले ।।१२६।।

ज्योर्तिलिङ्गको गर्छ जसले सेवा
ज्ञान–ज्ञानको पाउँछ मेवा
ज्योर्तिलिङ्ग हो पिता समान
सृष्टिनै हो यसको सन्तान ।।१२७।।

ज्योर्तिलिङ्ग हो इष्ट प्यारो
ज्योर्तिलिङ्ग हो सखा हाम्रो
ज्योर्तिलिङ्ग हो नारीश्वर
ज्योर्तिलिङ्ग हो सिद्ध विमलेश्वर ।।१२८।।

ज्योर्तिलिङ्ग गोपेश्वर दाता
ज्योर्तिलिङ्ग हो विधि विधाता
ज्योर्तिलिङ्ग शरणेश्वर स्वामी
ज्योर्तिलिङ्ग हो अन्तर्यामी ।।१२९।।

सत्ययुगमा रत्नमा शोभित
देवजनका मनलाई मोहित
छटा छ जस्को व्रम्हाण्ड भित्र
त्यो हो ज्योर्तिलिङ्ग सुन्दर सर्वत्र ।।१३०।।

त्रेतायुगमा स्वर्ण सजिएको
सुख सुरज यो ज्ञान ध्वजाको
सकल सृष्टिले यसलाई नमन गर्छ
निसदिन पूजा भजन गर्छ ।।१३१।।

द्वापरयुगमा पारस निर्मित
गुणी ज्ञानी सुरनर सेवित
ज्योर्तिलिङ्ग सबको मनमा भाउँछ
महापातकलाई मारी भगाउँछ ।।१३२।।

कलियुगमा पार्थिवको मूर्ति छ
ज्योर्तिलिङ्ग नन्दिकेश्वर मुहार छ
भक्ति–शक्तिको वर दिन्छ
कागलाई हंश बनाउँछ ।।१३३।।

ज्योर्तिलिङ्गमा पुष्प चढाऊ
केशर, चन्दन, तिलक लगाऊ
जो जन दूध गर्छ अर्पण
उज्यालो हुन्छ उसको मन दर्पण ।।१३४।।

ज्योर्तिलिङ्गको जप जसले गर्छ
उसको तनमन निर्मल हुन्छ
उसको भक्तको मनलाई सधैं
विचलित गर्न सक्दैन कसैले कबै ।।१३५।।

सोमनाथ सुख गर्ने दाता
सोमको संकट हर्ने दाता
दक्ष श्रापले सोम उडायो
सोम शिवको अद्भूत माया हो ।।१३६।।

चन्द्रदेवले जब गर्यो वन्दन
सोमले काट्यो दुःखको वन्धन
ज्योर्तिलिङ्ग हो यो सुखदायी
दीन हीनको सदा सहायी ।।१३७।।

शिवको रुप आत्मा सोम हो
प्रभु परमात्मा रुप सोम हो
भक्तिभावले यसलाई रिझाऊ
मनवाणी सबै सित्तल तुल्याऊ ।।१३८।।

यहाँ उपासना चन्द्रले गर्यो
शिवले उसको चिन्ता हर्यो
यो तीर्थको शोभा सर्वकारी
अमृत सागर भव भय हारी ।।१३९।।

चन्द्रकुण्डमा जसले नुहाउँछ
पापबाट त्यसले मुक्ति पाउँछ
क्षय कुष्ठ सब रोग मेटाउँछ
काया कुन्दन पलमा बनाउँछ ।।१४०।।

ज्योर्तिलिङ्ग नामको
प्रेमको माला फेर
मनोकामना पूर्ण हुन्छ
लाग्दैन छिन पनि देर ।।१४१।।

शिव शङ्कर ॐकारको
रट यो मनको नाम
जीवनको हर राहमा
शिवले दिन्छ काम ।।१४२।।

नरनारायण दुई अवतार
भोलेनाथसँग जसको प्यार
पत्थरको शिवलिङ्ग बनाएर
नमो शिवायः गुण गाएर ।।१४३।।

कयौं वर्ष तप गर्यो शिवको
पूजा अर्चना गर्यो शङ्करको
शिव दर्शनको आँखा प्यासी
आयो एकदिन शिव कैलाशी ।।१४४।।

नरनारायणलाई उसले भन्यो
दयाको तब द्वार खोल्यो
जे छ इच्छा त्यो वरदान
भक्तको वसमा छ भगवान ।।१४५।।

परमेश्वरले एकदिन जो
जात्र चाह्यो शिव के हो त्यो
नारीपुरुष भएर प्रकट्यो शिवजी
परमेश्वर रुप हो शिवजी ।।१४६।।

शिवसँग गङ्गाले विनय गर्यो
प्रभुमा रहने विन्ति विसायो
ज्योर्तिलिङ्ग तब रमायो
फेरि निर्मल धारा बहायो ।।१४७।।

वालुवाको लिङ्ग शिव बनायो
रघुवरले अनि ध्यान गर्यो
रामले गर्यो शिवको जप
व्रम्ह दलनको धोयो पाप ।।१४८।।

जसले चुन्छ शिव लगनको मोति
सुखको वर्षा उसमा कोटी
शिव हो दयालु डमरुवाला
शिव हो सन्तानको रखवाला ।।१४९।।

शिवको भक्ति छ फलदायक
शिव भक्तहरुको सदा सहायक
मनको शिवालयमा शिवलाई हेर
शिव चरणनमा मष्तक टेक ।।१५०।।

गणपतिको पिता शिव हो प्यारो
तीन लोकको शिव हो उज्यालो
शिव चरण छोएर हुन्छ जो दास
उसको गृहमा हुन्छ शिवको निवास ।।१५१।।

शिवनै हो निर्दोष निरञ्जन
मङ्गलदायक भयको भञ्जन
श्रद्धाको माग्छ वेलपत्तीहरु
जलाउँछ सबको मनको बत्तीहरु ।।१५२।।

शिव अमृतको प्यारले
गर्छ जसले निसदिन पाठ
चन्द्रचूड शिव गर्छ
उनैलाई नै कल्याण ।।१५३।।

एउटा ढुङ्गाले दूध तान्यो
गाई सधैं त्यहाँ जान लाग्यो
त्यो शिवलिङ्ग पशुपतिनाथ बन्यो
नेपालदेशमा जगतको दीव्यधाम त्यो ।।१५४।।

शिवनै सबै शिव विधिविधान
जे जति छन् त्यसको शिव प्रमाण
मनन गर्छ त्यो शिव जसले
ऊ सदा सर्वत्र शुद्ध तहिले ।।१५५।।

ॐनमो शिवायः
ॐनमो शिवायः
ॐनमो शिवायः
ॐनमो शिवायः

शिवभक्त बिजु सुवेदी “विजय”
कुलेश्वर, नयाँवस्ती, काठमाण्डौं
[email protected]

www.bijusubedibijay.blogspot.com

2 thoughts on “शिव वन्दना”

  1. अत्यन्तै राम्रो शिव–भक्ति
    अत्यन्तै राम्रो शिव–भक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *