• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

आमाको मर्म र छोराको कर्म

harikkmc — Sun, 02/24/2013 - 02:25

  • पद्य कविता
  • हरिप्रसाद तिवारी

साँझ डुबे पश्चिम घाम, फर्की सके पूर्व ।
मलाई भने अँध्यारै छ, कस्तो रैछ कर्म ।।
कस्तो थियो जन्म मेरो, कस्तो तिम्रो कर्म ।
जन्म तिमी दियौ आमा, कसले लेख्यो कर्म ।।१।।

आमा तिमी आँसु पिइ, छाती मलाई पिलाई ।
हर पल तिमी मर्यौं, तर मलाई जिलाई ।।
सुत्ने तिम्रो दैला ठेला,सुते म तिम्रो काख ।
सासू रिस तिमी खायौ, तिम्रो माया पाए म लाख ।।२।।

बाबा थिए होलान् प्रदेश मेरा, आमा तिमी घरमा ।
छोडे होलान् आमा भनी, तिमीलाई उनकै भरमा ।।
सुत्केरीको पिडा सही, तिमी गर्ने मेलापात ।
देब्रे कोखा दाहिने कोख, सधैँ मलाई आफ्नै साथ ।।३।।

बुहारी हुँदा आमा तिमीलाई, नन्द आमाजू ले डस्दा ।
पेटमा बसी खेल्थे म, आँसु तिम्रा खस्दा ।।
भगवानको आत्मा भन्छन्,बच्चा हुँदा पेटमा ।
नौ महीना लाग्दा पनि, हिलो गर्ने खेतमा ।।४।।

भगवानको पूजा गर्ने, उनकै वाणी सुन्दैनन् ।
सुत्केरीको पीडा सहने, अरूको पिडा बुझ्दैनन् ।।
तिमीलाई तड्पाइ रहने, छैनन् आज धर्तीमा ।
म त जवान भइ सकेँ, आमा तिम्रै अर्तिमा ।।५।।

जति तिमीलाई डसे पनि, साथ त केही लगेनन् ।
मर्ने बेला सम्झे होलान्, माफी पनि मागेनन् ।।
आमा यो त संसार को, कहिले नमिट्ने रुल हो ।
द:खमा पनि सुख दिने, अमाहरूको असुल हो ।।६।।

अन्जान थिए म सानो छँदा, को आफ्नो को पराए ।
आमा तिम्रो रिसमा, मलाई टाढा बनाए ।।
सुत्केरीको कलिलो ज्यान, खानु चिसो टर्रो ।
बिना ओछ्यान सुत्नु पर्दा, कस्तो पर्यो गाह्रो ।।७।।

त्यही दूध को भरमा मेरो, रगत सिँचाइ भयो ।
त्यो बेलाको दु:ख पिडा, आज सामुन्ने आयो ।।
जे पाएनी दियौ मलाइ, भोकै आफू बसेर ।
हर पल म हाँस्थे होला, तिम्रो आँसु सहेर ।।८।।

कस्तो थियो अन्धविश्वास, बुहारी हेला गर्ने ।
सुत्केरी को भोको पेट, आफ्नै पेट भर्ने ।।
नसकेर होला बरै, ठुस्स कही बस्दा ।
कति बेर रून्थ्यौ तिमी, सासू आइ डस्दा ।।९।।

मेला छोडी घरमा आइ, यता उता हेर्दा ।
आफ्नो छोरा काँहा छ, खोज तलास गर्दा ।।
भरी गाग्री डिलमा ल्याइ, पानी सबै फ्याँकि ।
पानी छैन भन्दै गाली, सासू पर्ने फलाकी ।।१०।।

टन, टन दूधे छाती, छोरा रून्छ पर ।
रुँदै,रुँदै ठूलो गाग्री, पानी बोकी घर ।।
भोको पेट मनमा पिर, आँसु धेरै खस्दा ।
हरेस पनि खाइनौ तिमी, छोरो हेरी बस्दा ।।११।।

अचम्मको माया तिम्रो, अचम्मको मन त्यो ।
दु:खै दु:खमा जीवन पनि, छोरो ठूलो धन भो ।।
छोडी हिँड्नु रैछ कर्म, विदेश तिर आज ।
जीवन शोकमा बित्ने भो, सम्झनाको माझ ।।१२।।

बेलौती हो कि खनीया, म त जान्ने थिइन ।
पटुकाको टुप्पे गाँठो, खोज्न पनि छोडिन ।।
कहिले थिए राता गेडा,कहिले पहेँला हरीया ।
छोरालाई दिउला भनी, खोस्रौं कति खोरिया ।।१३।।

भन्छन् सबै काख बढ्दा, माया मर्दै जान्छ ।
जेठो सन्तान पछि, पछि, पर सर्दै जान्छ ।।
कसले भन्छ मेरो सामु माया तिम्रो कम छ ।
आज छोरो प्रदेश पस्दा, आँसु उसकै नाम छ ।।१४।।

साँच्चै भन्छन् संसार ले, कुरा हो यो साँचो ।
प्रदेश पुगि बस्दा पनि, आमा को नै खाँचो ।।
बुकी फुल फुल्दा यहाँ, छेउमा गइ बस्दा ।
आमा तिम्रो याद आउँछ, भुइमा आँसु खस्दा ।।१५।।

चस्स, चस्स घोच्छ मुटु, आमा तिमिलाई सम्झी ।
मनको कुरा ओठमा आइ, बसी दिन्छ अल्झी ।।
सपनीमा कहिले काँही, तिम्रै निसान आउँछ ।
टाउको मेरो छाम्दै आशीर्वाद, दिएको भान हुन्छ ।।१६।।

झस्स भइ ब्यूँझी हेर्छु, हुन्नौ वरपर ।
फेरी आँसु खस्न थाल्छ, सम्झिएर घर ।।
दु:ख सुख यो शरीरले, पाएन कहिले पत्तो ।
शोकै शोकमा प्रदेशमै, जीवन मेरो बित्यो ।।१७।।

त्यति दु:खमा हुर्क्यायौ आमा, अमूल्य जीवन मेरो ।
अन्धविश्वासको चौ घेरोले, टुट्यो सेरोफेरो ।।
सानै बनी बस्न पनि, संसार मा छैन ।
जवान बनी आउन पनि, सुख पाइने हैन ।।१८।।

आमा तिम्रो दूधको मूल्य, कति थियो सस्तो ।
दुई चार जोर भाडा ले, बनाइ दियो यस्तो ।।
कस्तो थियो जन्म मेरो, कस्तो थियो दिन त्यो ।
विवाह गरी तिर्नु पर्ने, कति थियो रिन त्यो ।।१९।।

जन्म दिने बाबु आमा, कसले लेख्छ कर्म ।
जिन्दगी को सफरमा, कसले बुझ्छ मर्म ।।
भगवान भए संसारमा, दुख किन हुन्छ ।
सधैँ भगवान पुज्ने मान्छे, सधैँ किन रून्छ ।।२०।।

मान्छे भइ जन्म लिएँ, भगवान किन बन्ने ।
आफू सक्ने असक्तलाई, हेला किन गर्ने ।।
कर्म लेख्ने दैव रैछ, किन हुन्थ्यो सुख ।
जति सुख पाए पनि, मान्ने होइन सुख ।।२१।।

यति धेरै माया छ भनि, भन्दै म हिँडिन ।
विश्वास दिन छाती चिरी, देखाउन नि सकिन ।।
सपनै सपनामा बहकिरहें, जीवन साथी खोजी ।
ल्याइ दिए आमा तिमीलाई, आफ्नो सपना रोजि ।।२२।।

तिम्रो दुख मनमा राखि,भगवान थिए साँची ।
मेरो सपना पुरा गरेँ, विवाह बन्धन बाँधि ।।
मेरो पनि घर थियो, बाबा आमा थिए ।
आफ्नै सम्झि बिना सरम, घरमा आइ दिए ।।२३।।

कस्तो थियो दुष्ट संसार, एकै रातमा आज ।
कुरै कुराले फटाली दिए, बाबु आमाको माझ ।।
आमा मेरो जीवन भन्दा, इज्जत ठूलो रैछ ।
दाइजो को निउमा अब, सधैँ रुनु रैछ ।।२४।।

इज्जत भन्दा छोराको खुसी,तिमी ले रोजेको भए ।
दुई चार जोर दाइजो भन्दा, बुहारी रोजेको भए ।।
नौलो थियो परिवार त्यो, नौलो थियो ठाउँ त्यो ।
आमा तिमी ले बुझ्ने भए, कुरा काट्ने गाउँ को ।।२५।।

सानो तिनो गल्ती उसको, ढाक छोप गरि दिएको भए ।
जीवन भरीको छोराको साथी सम्झि दिएको भए ।।
नौलो नौलो घर थियो, असेट लाग्दा माइतको ।
नौलो थियो लोग्ने पनि, दुई चर दिनमै साइत भो ।।२६।।

माइत बाट फर्केकी रैछ, दुई दिन भाका मिची ।
यस्तो उस्तो लेख्यौ आमा, प्रदेश सम्म चिठ्ठी ।।
सासूको रूप छोडी, आमा बनेको भइ दिए ।
साना साना गल्तीहरू, सुधारी दिएको भए ।।२७।।

आज फेरी प्रदेशमा, सोकै सोकमा मैले ।
आँसु मैले पिउनु थिएन, पिर पर्दा अहिले ।।
छोराको दुख मात्रै कल्पना, गरी दिए को भए ।
आफ्नै कोखको लास सँग, भर परि दिएको भए ।।२८।।

आफ्नै छाँयाले आज, आस छोड्नु पर्ने किन ।
सबैलाई सम्झी सम्झि, मलाई रैछ रून ।।
तर आमा तिमी भने, कहिले नरूनु ।
जे हुनु सबै भयो, छैन बाँकी केही हुनु ।।२९।।

आमा तिम्रो चिठ्ठी पाए, माया मार्यौ छोरा ।
आज मेरो बेहाल भो, गर्नु गर्यौ मोरा ।।
पिर नमान आमा तिमी, एक्लै नरूनु ।
भाइ बहिनी साथै छन्, अभागी नसम्झनू ।।३०।।

बिहे गरी आमा भुल्ने, संसारको भए रीत ।
जिन्दगी नै मेटाइ दिन्छु, झूटो भए प्रीत ।।
अझै पनि सपना हरू छन्, आमा तिम्रै भरमा ।
बाँचे भने फर्कि आउला, कहिले काँही घरमा ।।३१।।

बिहे पछि जीवन हैछ, जस्तै फोहोर को थाउना ।
म त यस्तै हुँ आमा, दुई दुई दिनको पाउना ।।
पुरानो दुख सम्झी,मनमा दया आए ।
नभुलेर पिर ब्याथा, मानमा माया भए ।।३२।।

जिउँदै होली माइतै पनि, फकाइ फुलाई ल्याउनु ।
लथालिङ्ग सपना मेरा, बटुलेर राख्नु ।।
हेर्ने वाला माथि छन्, भए उनको दया ।
एक दिन फर्कि आउला आमा, आज भए बिदा ।।३३।।

- हरी प्रसाद तिवारी (साउदी अरब )

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 134
  • 1832 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    20 hours 4 min ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    22 hours 21 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 day 15 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 day 18 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 day 18 hours ago
  • एकदम सान्दर्भिक
    1 day 22 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 1 hour ago
  • भुगोल ले नछेकेको माया
    6 days 22 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    6 days 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 16 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
  • लक्ष्मीप्रसाद देवकोटाप्रति
  • मेरो चरी आज किन चहकिएको छैन
  • चिराग तो जलाओ, बडा अन्धेरा है
  • किन अछुतको टिको लाउन खोज्छौ ?
  • चार मुक्तक (काली खोलो किन उर्ल्यो)
  • नटाँगिएको चित्रकला
  • छरेर ढुङ्गामा बिउ
  • उसकाे स्मृति
  • सामाजिक विषयवस्तुको उपन्यास
  • भ्रष्टाचार
  • भाइ के हाथ बन्हबै राखी (कविता)
  • गोरेटो त्यो गाउँको
  • आत्मा र परमात्माको खोज
  • म कहाँ बिर्सन सक्छु र ?
  • अब आउने नयाँ बर्ष
  • पाठ्यक्रममा साहित्यिक कृति
  • नित्सेका एकाध कथाहरू
  • ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)
  • रिसाएर जानेलाई
  • बझाङी भाषाको संक्षिप्त चिनारी
  • तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
  • जिन्दगी के रहेछ ?
  • मनको दियो बालेर हेरे माटो चिनिन्छ
  • नायगरा झरना अतृप्त यात्रा
  • गल्लीले मलाई धोका दियो
  • पढाइ र साथीहरू
  • पूर्वस्मृति
  • आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू
  • आजभोलि अन्तै कोठा खोजी सरेकी छ्यौ रे
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित