बिरानो यो ठाउँको सुनसान अँधेरीमा हराउँछु
सपनीमा कालो काग देख्दा आफै डराउँछु
रुँदिहुन कराउँदिहुन मझेरीमा बस्दै आमा
त्यो सम्झिँदै आधीरातमा एक्लै बरबराउँछु
किनारसँग खोलीको भेट गरिदेऊ प्रभु भन्दै
जुन अनि तारा माझमा चाँदसित रिसाउँछु
ढल्दै जादा घामसँग अतालिन्छ मन अचेल
सम्झिएर घरको यादमा रुदै रुदै फराउछु
कर्म खोटो भन्दै आखिर भाग्यसँग रिसाएर
आफ्नै मन बुझाउन एकछिन मुटु कसाउँछु
रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज, चितवन