Skip to content

दिल चोर्ने जमात बढ्दै छ

  • by


दिल चोर्ने जमात बढ्दै छ शहरमा
रंगमंन्च तात्न थाल्यो संगितबद्ध बहरमा

नशाको मातले उन्मुक्त छ जवानी यहाँ
सराबले जे दिन्छ अब, छैन त्यो जहरमा

पौडिन्छन जोडी कल्कलाउदो बैँशभित्र
डुबेर हराउछन फेरि प्रेम यो नगरमा

देखिन्छ बाहिरै यौवनले मात्तिएको
खप्नै नसकिने यो ज्यान छ कहरमा

खुलेआम प्रेममय बन्दैछ अचेल बस्ती
पुतली र फूल जस्तै मस्त छ अधरमा

रामकृष्ण पौडेल “अनयास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *