Skip to content

कसले झारी दियो मेरो मादलुको खरी आज

  • by


कसले झारी दियो मेरो मादलुको खरी आज
कसले मास्यो झ्याउरे भाका अनि लैवरी आज ।

सारङ्गी र मादलुको सङ्गीत सुन्न कहाँ पाइन्छ
मारुनीको तालमा नाच्ने कता गई परी आज ।

यस्तो लाग्छ अचेल नेपाल कता पुग्यो कता
आफ्नो पनको आभास दिने चाहियो झरी आज ।

गाइने दाजु माग्ने भए पहाडी चाहिँ भयो पाखे
त्यसैकारण गाइने दाइ गयो खोला तरी आज ।

अरू गोरी भए पनि मेरी काली आमा राम्री
आफ्नोलाई माया देउ भन्दै रुन्छे न्याउली चरी आज ।

-रामेछाप, दोलखा

मधुपर्क पुष, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *