भेना भन्दै जिस्किरहने साली नजिक आई
दिल चोर्ने बाहनाले त्यो काली नजिक आई
कहिले आँखा जुधाउँदै कहिले मुस्कुराउँदै,
फसाउन खप्पिस भा’की जाली नजिक आई
पहिले भेट्दा नजिक हुन डराउँथी कति,
बैंस चढेर हो कि यसपाली नजिक आई
ओइलिसक्या थिए मनका फूलहरू सबै,
रङ्गीचङ्गी फूल फुलाउने माली नजिक आई
जो आए नि आफूलाई आफ्नै प्यारो लाग्ने रै’ छ,
आखिरीमा टाढा भा’कि घरवाली नजिक आई
जे. आर. “आभास”
प्रतिक्रिया
राम्राे छ गजलकाे शब्दहरू, मलाइ निकै नै मन पर्याे ।