Skip to content

सारा दिन अरुलाई बाँडें

  • by


सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा
मेरा सुखहरू अरुको, शायद यी आँशु मेरा

बिर्सेर कहिलेकाहीं दुई चार चोटी हाँसें
काँढाहरूलाई नाघी फूललाई म्वाई खाएँ
शायद ती गल्ति मेरा शायद ती काँढा मेरा
मेरा सुखहरू अरुको, शायद यी आँशु मेरा

फूलको सुगन्ध पाउँदा कहीं सुखको सास फेरें
डुबिरहेको बेला पराल समाई हेरें
शायद किनारा अरुको गहराई शायद मेरा
मेरा सुखहरू अरुको, शायद यी आँशु मेरा

शब्द, संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *