Skip to content

अब म के गर्छु हेर्दै जाऊ


अब म के गर्छु हेर्दै जाऊ तिमी
कि बाच्छु वा मर्छु हेर्दै जाऊ तिमी

प्रतिक्षा समाप्त भो बसन्तको अब
कि फुल्छु वा झर्छु हेर्दै जाऊ तिमी

दुश्मनहरू घुमिरहेकोछन मेरो वरिपरि
प्रतिकार वा पाउ पर्छु हेर्दै जाऊ तिमी

जिन्दगीको हर युद्ध अब एक्लै लड्छु
म जित्छु वा हर्छु हेर्दै जाऊ तिमी

बिच सागरमा साथ छोडे के भो त?
अब एक्लै तर्छु हेर्दै जाऊ तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *