Skip to content

हाँडिफोर यस माटोका

  • by


हाँडिफोर यस माटोका मार्न जाग सबैजना
अँध्यारोमा जन्मने विष नास्न जाग सबैजना ।

मन मन भाँडिएर बलेको यस रिसरागलाई
समानता र एकताले गाँठो पार्न जाग सबैजना।

रगतमा फुल्ने, फल्ने बिरुवाहरू सबै मासी
नओइलाउने मखमली सार्न जाग सबैजना।

एक अर्कालाई लडाएर मज्जा लुट्नेहरूको
कालो मनको कर्तुत बुझ्न जाग सबैजना।

यस भेगका हरेउहरू हरियैमा सर्वस्व लुट्छन्
अब त आफ्नो भाग्य फर्काउन जाग सबैजना ।
तपेश्वरी १, उदयपुर

दिनाङ्क-२०६६-०६-१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *