कुर्दा कुर्दै तिम्रो बाटो दिन ढली रात बन्यो
मैले लाको निश्चल माया दुनियालाई बात बन्यो
दोबाटोमा कुराई रहयौ आउछु सँगै जाउँला भनी
पिउदा पिउदै मनको आश्रु नशा बिग्री मात बन्यो
आफै भन्थ्यौ हाम्रो माया हजार जुनी सफल हुन्छ
फेरि किन? भेदभाव गरी निच उच्च जात बन्यो
सधै भन्थ्यौ लाखौ पीडा सहेर नि साथ दिउला
तिम्रा सबै कसमहरू आज किन? घात बन्यो
विजोग बनाई छाडी जाने कप्टी जाली निष्ठुरीले
दिएका ती पीडाहरूको असहेनै खात बन्यो