युवती देशका खम्बा युवाहरू छानु
हाँगाविङ्गा हेर्नु भन्दा छाम्नुपर्छ गानु
युवती देशका खम्बा युवाहरू छानु
हाँगाविङ्गा हेर्नु भन्दा छाम्नुपर्छ गानु
युवाशक्ति विदेशियो बुढाबुढी यहाँ
दिन टार्न खानु पर्ने एक छाक मानु
देश भयो कङ्गाल नेता भए अमिर
स्रोत छैन परिचालन मागी मागी खानु
विदेशीकै भरोसामा कुद्नु परे पछि
हुनु पर्दो रै छ हेर मौरी बिना रानु
देशको विकास हुन्छ सबले गरे त्याग
तब मात्र पर्दैन है विदेशमा जानु
सदानन्द अभागी