Skip to content

गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ


गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ
उनान्सय जिन्दगी यो पुरै सय हुनै पर्छ

समयको गतिसँगै चल्न मैले जानिनछु
म जागें है मेरै बसमा यो समय हुनै पर्छ

ए बिधाता तैंले धेरै दु:ख कष्ट दिई सकिस
कालो रात फाटी अब घाम उदय हुनै पर्छ

दुनियाँको इशारामा नाच्नुसम्म नाची सकें
अब मेरै शब्द स्वर मेरै लय हुनै पर्छ

सयौं हार खाएपनि थाकेको म छैन अझै
हारको यो शिक्षाले नै म बिजय हुनै पर्छ

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *