Skip to content

मनका कुरा सबै बुझ्ने

  • by
RabinKarkiRahasya


मनका कुरा सबै बुझ्ने उनी मेरी काली अरे
हिजोसम्म काली थिई आजबाट साली अरे

काली साली हो कि साली काली बुज्नै सकिन
जे भए पनि हेरचाह गर्ने मेरो माली अरे

जिस्कन्छे मोरी सधै सधै मेरै नजिक आई
घर बनाउने सुरमा छु ऊ भन्छे म पाली अरे

मन पर्ने उनलाई के के थियो थियो
दुध र घ्यूको के कुरा दहीको छाली अरे

सुन्दरताको कुरा गर्दा भन्छे काली
म हाँगाको पात ऊ चै फुलको डाली अरे
हिजोसम्म काली थिई आजबाट साली अरे

रबिन कार्की ‘रहस्य’
सिन्धुलीगढी
हाल : रेडियो दर्पण ८८.४ मेगाहर्ग, बर्दिबास, महोत्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *