Skip to content


मस्त थिएँ नशामा जीवनदान गरें
मदवाला मद खोज्दै मधुपान गरें

चुम्बक छ सुन्दरीमा आकर्षण प्याला
समर्पण गर्छु भन्दा भन्दै अपमान गरें

भागबण्डी संसारमा लुछाचुँडी हुन्छ
ठूलो भाग खोज्न भनी तानातान गरें

भाग्य रैछ कस्तो हेर भागमा नै परिन्
अस्तित्वको बल कार जानाजान गरें

जब हाम्रो सारातन मतवाली बन्यो
लुटालुट मुखामुख पहिचान गरें

Leave a Reply

Your email address will not be published. Required fields are marked *