सुन्दरताको फूलबारी बनाउँ हाम्रो गाउँ
सुवासले मगमगी चलोस् यस्को नाउँ
संसार छ रङ्गीचङ्गी वसन्त छ यहाँ
गोर्खालीले समाउँछन् वीरताको ठाउँ
आकाशमा सेतो बादल चाँदनीको घेरा
चकोर र चाँदनीको प्रीत हेर्न जाउँ्क
गरिबको क्रन्दन त कर्णकटु हुन्छ
उदरले माग्न थाल्यो भन्छ भात खाऊँ
आऊ जाऊ कर्मजारी गाउँ निरन्तरी
सठलाई सकेसम्म राम्रैसँग दाऊँ
सदानन्द अभागी