Skip to content

तिम्रै हुँ म सधैंभरि तिम्रो कसम

  • by


तिम्रै हुँ म सधैंभरि तिम्रो कसम खान्छु प्रिय
हाजिर छु म तिम्रो सामू जे जे भन्छौ मान्छु प्रिय

पर-पर नहुनु है मुटु भित्र राखिसकें
उस्तै परे मोहनीले तिमीलाई तान्छु प्रिय

आउ मेरो जीवनमा गृहलक्ष्मी बनी तिमी
परिआको सबै व्यवहार् आफैले नै धान्छु प्रिय

यो ज्यान छोडी कतै जाने कोशिस् तिम्ले गर्‍यौ भने
पिरतीको डोरी बाटी कसेर म बाँध्छु प्रिय

भनी हेर तिम्रो लागि परेदेखि ज्यानै दिन्छु
आकास पाताल जताततै तिमीसँगै जान्छु प्रिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *