Skip to content

टुट्ने झिनो आशा

  • by


टुट्ने झिनो आशा मनमा साँचेर अर्थ हुन्न,
साथ छोड्ने भए नाता गाँसेर अर्थ हुन्न

बल्झिरहने पीडा ती मन भित्र लुकाउँदै,
देखावटी फोस्रो हाँसो हाँसेर अर्थ हुन्न

संसारको रीति मिल्नु हो जान्दा जान्दै पनि,
फगत एक्लो जिन्दगी बाँचेर अर्थ हुन्न

मायाको त्यो सागर मनमा उर्लिएका बेला,
एक्लै हुँदा छातीमा तस्बिर टाँसेर अर्थ हुन्न

रोप्यौ ‘आभास’ मायाको मनमा बढ्दै होला त्यो,
हुर्किसक्यो त अब माया नाँसेर अर्थ हुन्न

जे आर ‘आभास’

Leave a Reply

Your email address will not be published. Required fields are marked *