नरोऊ है कालु तिमी आउनेछु फर्किएर
भेट भए कुनै पल नजानु है तर्किएर
बिर्सन्न नि म त कहिले सम्झना छ मुटु माझ
तिम्रो याद्ले आँखाबाट झर्छ आशु दर्किएर
किन गर्छौ पिर धेरै बुझाउ है तिम्रो मन
एकदिन हुन्छ भेट नबोलन झर्किएर
रहर त हैन मेरो तिमीबाट टाढा हुन
सम्स्याले बाटो छेक्छ अघि पछि लर्किएर
तिम्रो आशु मेरो सामु मोती बनी झरिदिदा
मुटु पोल्छ घाउ दुख्छ ब्यथाहरू चार्किएर
सृजना न्यौपाने
दमक झापा