सधैँभरि जुठाभाँडा मल्नुपर्ने किन ?
कालोमोसो हामीलेनै दल्नुपर्ने किन ?
दिनरात घरधन्दा भन्दाभन्दै बित्छ
पुरुषको इशारामा चल्नुपर्ने किन ?
बच्चा पैदा गर्ने साधन होईन हामी
चाहे बेला बिस्तरामा ढल्नुपर्ने किन ?
वेदना यो नारीको बुझिदिने कोई छ
पीडा सही भित्रभित्रै जल्नुपर्ने किन ?