Skip to content

महिला अधिकारको खोजीमा जाग्दैछन् देशका नारीहरू


महिला अधिकारको खोजीमा जाग्दैछन् देशका नारीहरू
दासताका अग्ला पर्खालहरू नाघ्दैछन् देशका नारीहरू

परम्परागत चुलोचौकाको घेराबाट माथि उठेर
राष्ट्रनिर्माणको अभियानमा लाग्दैछन् देशका नारीहरू

संबिधान निर्माणमा आफ्नो भूमिकाको खोजी गर्दै
झुपडीदेखि सिंहदरबार ताक्दैछन् देशका नारीहरू

घरेलु हिंसा र बलत्कारका दुखद पीडाहरू ओकल्दै
आफ्नो सुरक्षाको प्रत्याभुति माग्दैछन् देशका नारीहरू

सामन्तबादी पितृसत्ताको बन्धनबाट मुक्तहुन
ससक्त आन्दोलनको रथ हांक्दैछन् देशका नारीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *