Skip to content

शिवरात्री


जताततै गाँजाभाङ बनाउन थाले
लठ्ठिएर शिवरात्री मनाउन थाले

चाडपर्व मनाउने कस्तो हो यो नीति
मत्तिएर डुङडुङ्ति गनाउन थाले

जथाभावी जुटाएर मानिसको भीड
गाँजाभाङ र धतुरो तनाउन थाले

सँस्कृतिको जगेर्नाको कुरै छोडौँ अव
विकृतिको चाड भनी जनाउन थाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *