Skip to content

यो दुखीको सपना !


नरूनु आमा त्यो आँसु पुच्छन
म आउछु फर्केर ।
सूनको विहानी झूल्के घामलाई हेरी
बस्नु है पर्खेर ।।

डाडा र पाखा हरिया भाका गित
गाउदैछ चरीले ।
डांफे र मुनाल नाँचेको हेर्दै छिन
स्वर्गकी परीले ।।

त्यो फूल्को माँझ म काँडा भई
फूल्न सक्दिन् ।
आमाको माँया आमाको छाँया म
भूल्न सक्दिन् ।।

देउराली भन्ज्याङ देउराली देवी
हेर्दै छिन सम्झेर ।
आयोकी छोरो भनी विच्छयाउछिन
फूलको लस्कर ।।

प्रवासी पीडा प्रवासको दुख कसरी
सुनाऊँ यसरी ।
त्यो दुख सम्झी यो मन रून्छ म
पोखौँ कसरी ।।

कसैको मन दयालु छैन् दिन दुखी
कुक्रुक्कै परिन्छ ।
फलामको राप आगोको तापमा परे
खुत्रुक्कै मरिन्छ ।।

आगो नै हो की पानी पो थियो की
कामको माँझमा ।
गधाको भारी लदाए पछि देखिन्छ
टुटुल्को साँझमा ।।

फलामको होइन यो जीउ मेसिनको
होइन यो ज्यान ।
तै पनि खै वतास झै खट्नुनै पर्छ
अभागी खप्परे प्राण ।।

विदेशी धन कमाएर ल्याई झिलीमिली
बत्ती बनाउला ।
साथी र भाइ छिमेकी मिली रमाइलो
उत्सव मनाउला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *