Skip to content

अलपत्र भए सपना सँगाल्ने आश छैन
डुबेका ईच्छा कसैले निकाल्ने आश छैन

धुरी फाटेर तारा मन्डल देखिन्छ सारा
अरबे कमाइ ले त्यो टाल्ने आश छैन

दल दल मा फसेका छ्न बाबा आमा
परिवार लाई माथी उचाल्ने आश छैन

बन्दकी मा परेका छन कमाई खाने खेत
अझै तम सुक च्यात्न थाल्ने आश छैन

तपाईँको सपना लठिपत्रै भयो आमा
एस्तै भने आफैं लाई पाल्ने आश छैन

तोया नाथ पौडेल
शँखुवाशभा-तामाफोक -८
हाल मरुभुमी को छाती साउदी अरब बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *