Skip to content

तिम्रो माया बिना

  • by
GovindaOjha

तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ
दिलभित्र प्रेमका नसुनी कथा कसरी निदाऊँ
जुन र तारा कहाँ खस्छ र जमिनमा म देखाऊँ
तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ

तिम्रो मनमा प्यारले भरिएका कुराकानी छन्
तिम्रो दिलमा प्यारले भरिएका कुराकानी छन्
मायाका प्रत्येक पल मेरो लागि कहानी बन्नेछन्
तिम्रो खुसी सँगाल्ने मेरो जिन्दगीको सपना हो
भन तिम्रो मनका यथार्थ सबै सबै कुरा
भाग्यमानीलाई मिल्छ जिन्दगीको सहारा

तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ
दिलभित्र प्रेमका नसुनी कथा कसरी निदाऊँ

आफ्नो प्रेमीलाई असल जीवन साथी बनाऊँ
सारा खुसी बटुलेर मायाको घर बनाऊँ
यस्तो चोखो माया गर जगतलाई नमुना सिकाऊँ
नजरमा नजर मिलाई दिलको कुरा सुनाऊँ

तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ
दिलभित्र प्रेमका नसुनी कथा कसरी निदाऊँ

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं २ दीपायल डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *