Skip to content


घुमाएर, डुलाएर पठाएँ, फर्किआयो ।
सम्झाएर, बुझाएर पठाएँ, फर्किआयो ।

नङ मासु झैं सम्बन्ध, उसको, मेरो
टुक्र्याएर, छुट्याएर पठाएँ, फर्किआयो ।

ठाउँ जमाई, बसे पनि यो मुटुमा,
निकालेर, चुडाएर पठाएँ, फर्किआयो ।

(आफै जिउन सिक्नुपर्छ)२ कठै ! उत,
सिकाएर, फकाएर पठाएँ, फर्किआयो ।

चाहिएछ छहारी, हरियाली ‘विपिन’को
तर्साएर, झस्काएर पठाएँ, फर्किआयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *