Skip to content

देखेर उनलाई आज यो मन भुलेको छ


देखेर उनलाई आज यो मन भुलेको छ
उनी आउँदा वनैभरि गुरास फुलेको छ

उमंग र खुशीहरू छाएको छ चारैतिर
खुसी हुँदै भीरपाखा यो मन डुलेको छ

पत्थर पनि पग्लिन के बेर लाग्दो रहेछ
यो मुटुमा आज उनको माया घुलेको छ

कालो बादल आकाश भरी रिमाझिमे झरी
उनको मुहार देखेपछि आकाश खुलेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *