Skip to content

आज मेरो सिंगो आकाश खसेको छ


आज मेरो सिंगो आकाश खसेको छ
बिचलित यो मनमा नैरास्यताको बाढी उर्लेको छ
त्यो आकाश जसले मसँग केही मागेन
जसले सधैं सधैं त्यो माया सबै बाँडेर
धेरै धड्कनहरूमा प्रेमको माला गाँस्यो
त्यो धरोहर मेरो आकाश आज गर्ल्याम्म ढल्यो
सत्यतामा कहिल्यै नझुक्ने त्यो शिर
आज इश्वर तिमीले खोसी दियौ
मेरो आकाश तिमीले खोसी दियौ
जुन हातहरूले मलाई हिँड्न सिकाए
ती हातहरू भाँची दियौ
मलाई टुहुरो बनाएर छोड्यौ
तिम्रो नियतिमा म कायल भएर
शाश्वत सत्य स्वीकार्दैछु
हे इश्वर ! आज मेरो सिंगो आकाश खसेको छ ।

(पिताश्रीको स्वर्गारोहण पौष १३, २०६९)
Los Angeles

Leave a Reply

Your email address will not be published. Required fields are marked *