Skip to content

घरबार सारा, छोडेर आएँ


नाता गोता सबै, तोडेर आएँ
घरबार सारा, छोडेर आएँ

तराजुमा माया जोख्नेहरूको
माझबाट आफै, गोडेर आएँ

पिँजडाको सुगा बन्न चाहिन
त्यसैले पर्खाल, फोडेर आएँ

साथ देऊ भनी देवता सामु
दुई हात मेरो, जोडेर आएँ

माया र बिस्वासले जित्यो आज
तिमीतिरै बाटो, मोडेर आएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *