Skip to content

हो यो समयले मलाई

  • by

हो यो समयले मलाई सार्है जोगी बनायो
कोरोना आयो र मान्छेलाई रोगी बनायो

यति राम्रो देश पाउँदा पनि उसलेकै बनाएन
मजदुरले बगर पायो र त्यो उपयोगी बनायो

हुनसक्छ तिमीलाई रण्डी र धनले बनायो होला
मलाई मेरो आफ्नै मन र भावनाले भोगी बनायो

भोकाएका भगवानहरू बाहिर रोइरहेका छन्
मन्दिरको ढुङ्गाले मान्छेलाई फगत ढोगी बनायो

अन्धो झै गरेर ऊ जीवनभर पैसाकै पछि दौडिरह्यो
पछि पैसा कमायो तर पैसाले झन लोभी बनायो

यो मान्छे महान बन्ने भनेको समस्याकै कारण हो,
जस्तो कि कब्जियतले विकासनन्दलाई योगी बनायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *