Skip to content

टिपिएन गुराँस

  • by

यसपालि वनमा त गुराँस फुल्यो
तर खै किन हो
मनमा गुराँस फुल्न सकेन
अचानकको हुरीले
बस्ती सखाप पारे जस्तै
मनमा हुरी चलेर
ढालेका छन् गुराँसका बोटहरू ।

फुल्न त यसपालि पनि
गुराँस फुलेको छ बनभरी
अनि कसैको मनभरी पनि ।
एउटा निरास, दुःखी
अर्कोमा उल्लास र खुसी
यस्तै हो दुनियाँ ।।
एउटाले नहारी त अर्कोले
कसरी जित्छ र
त्यसैले एउटाले हार्नु, अर्कोले जित्नु हो
एउटा रुनु अर्को हाँस्नु हो
जीवन भन्नु यही होला सायद ।

तिमीले सिउँदोमा गुराँस भर्यौ
तर्यौ दुःखका जहाँरहरू
म त्यसैमा खुसी बन्नु परेको छ
र भन्नु परेको छ बधाई छ,
तिम्रो जीवनमा गुराँस फुलिरहून् भनेर ।

छ न त न फूललाई सुख छ
न मूललाई सुख छ
सुख अनुभूति हो ।
सङ्घर्ष त सबैले गर्नैपर्छ
फुल्न फक्रनका निम्ति
हो यही पाठ सिकरिहेछु म प्रकृतिबाट ।

गुराँस फुलेको छ यसपालि पनि
वनभरी,तर मन भुलेको छैन त्यसमा
बेचैन मनमा न गुराँस फुल्छ
न सुनाखरी नै ।।
त्यसैले माफ गर
मैले तिमीलाई
गुराँस टिपेर दिन सकिन ।

गोपाल खनाल
तारकेश्वर गापा–१ नुवाकोट हाल पोखरा ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *