Skip to content

पाटी र पौवा गरा र पाटो


पाटी र पौवा गरा र पाटो मेरै देश रमाइलो
बन र जंगल बाटो र घाटो मेरै देश रमाइलो

झरे नि आँशु म त्यहीं बाँचु परेली पुछेर
लाग्दछ अब स्वर्गको साटो मेरै देश रमाइलो

शितल हावा चल्दछ सारा कुना र कन्दरा
स्वर्ग छ वहाँ नबन लाटो मेरै देश रमाइलो

फर्कौं परदेशी ! गाउँ र बेशी पुकार गर्दा हुन्
सुखको छाक खाउँला आटो मेरै देश रमाइलो

बेली चमेली फुल्दछन् जहाँ भँवरा भुल्दछ्न्
गौतम बुद्ध जन्मेको माटो मेरै देश रमाइलो

मनसून

Leave a Reply

Your email address will not be published. Required fields are marked *