Skip to content


गीत लेख्छु, संगीत भरिदेऊ
कविता रच्छु,वाचन गरिदेऊ
चित्र र्कोछु,रंग्याईदेऊ
हामी दुवैको मिलनले
दीन दुःखीलाई शिक्षा देओस
त्यही काम गरौ
जसले उनीहरूलाई
प्रेरणा मिलोस
यस्तो शृंखला सृजना गरौ
जो भोलि कसैको बनोस चाहना
गरेकी छु अनुरोध,नबनी दिनु अवरोध
बनौ एक नमुना
साहित्य,कला प्रेमीको गहना
कुनै हानी नोक्सानी हुदैन
गरेमा कला प्रर्दशनी
नभए पनि तिम्रो कला प्रतिको झुकाब
चाल्न खाजेको गर्न रोजेको
काम सोध्दान देऊ जवाफ,सुझाव
कला प्रेमीलाई हुन्छ कलाको महत्व
विधमान हुन्छ मान्छे भित्र आन्तरिक
र बाह्य दुई तत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *