केटा
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाकाँडा छहराको गीतले
ख्याल ठट्टा नगर अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले
केटी
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडाखोला छहराको गीतले
अल्झेर बगर भुलेर किनार
नाँच्न गाउन लाग्यो रहर
केटा
कुन संजोग होला कुन दैव होला
भेट भयो बगर
कुन गाउँ होला कुन ठाउँ होला
बस्ने कुन सहर
केटी
कुन संजोग होला कुन दैव होला
भेट भयो बगर
झलमल होला जुन ठाउँ होला
काठमाण्डू शहर
केटा
यो मन उँड्यो जुनतारा छुन
जुनतारा टाढो छ
आकासै बाँध्न सजिलो होला
मन बाँध्न गहारो छ
केटी
यो मन उँड्यो जुनतारा छुन
जुनतारा टाढो छ
मायाले मन बाँधिएपछि
फुकाउन गहारो छ
केटा
सम्झना रहला आजको साँझ
रमाइलो भेटघाट
मनको कुरा नलुकाई भन
दुई बचन हाम्रो साथ
केटी
सम्झना रहला आजको साँझ
रमाइलो भेटघाट
तस्वीर बस्यो मनमा तिम्रो
नभुल्ने जीवनसाथ
शब्द – कुसुम गजमेर
स्वर – नारायण गोपाल, आशा भोसले
संगीत – रनजीत गजमेर
चलचित्र – चिनो