Skip to content

याद यादै हुन्छ,भुल्छु भनि हुँदैन!!

धारले मुटु रेटी,फुल्छु भनि हुँदैन
याद यादै हुन्छ,भुल्छु भनि हुँदैन

दिवारको ढुँगाझैँ,ठोकी कर्म पोखे
थोरै टिपी फेरी ,चुल्छु भनि हुँदैन

आकाशको बादल,जूनलाई ढाकेको
कालो च्यादर म,खुल्छु भनि हुँदैन

प्यास प्यासै हुन्छ,कलकल लाउने
भुलेर प्यास लाई,डुल्छु भनि हुँदैन

बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *