Skip to content


केटा
लाजको लाली पोतेर आइदेऊ न
पृतको बिहान ओढी छाइदेऊ न
केटी
मोहनी मुस्कान लिएर आउँदा
मायाको मुहान बोकी ल्याइदेऊ न

केटा
मनको फूल साँचेर आइदेऊ न
मायाको माला गाँसेर लाइदेऊ न
केटी
दुखको काँडा फालेर अब
प्रेमको कसम हाँसेर खाइदेऊ न

केटा
मिलनको घुम्टो ओढेर आइदेऊ न
बतासको बाटो गरेर आइदेऊ न
केटी
पीडाको पहाड फेरेर आजै
मायालु सुवास बनी छाइदेऊ न

केटा
मनको क्षितिज काटेर आइदेऊ न
मुटुको दैलो ठेल्नलाई आइदेऊ न
केटी
नाताको माला उनेर अहिलै
खुसीको भैलो खेल्नलाई आइदेऊ न

केटा
जोवनको लहर छोपेर यहाँ
मायाको खेती तिमी लाइदेऊ न
केटी
जीवनको अक्षर कपेर मनमा
प्रेमको निसान भनी लेखाइदेऊ न

शब्द – एस्पी कोइराला
स्वर – उदित नारायण झा, मल्लिका कार्की
संगीत – आलोकश्री
एल्बम – उपमा, उपहार -२

Leave a Reply

Your email address will not be published. Required fields are marked *