स्वर्गकी परी तिम्रो सौन्दर्यको बयान गर्न मन लाग्यो
यो मेरो जिन्दगी तिमीलाई नै समर्पण गर्न मन लाग्यो
ऋतुहरुमा वसन्त, फूलहरुमा गुलाफ रोज्छु
लजालु तिम्रो स्वभावमा म आफै हराउँछु
तिम्रोसामु बसी कुराकानी गर्न मन लाग्यो
तिमीलाई नै जीवन साथी बनाउन मन लाग्यो
कस्तो हुन्छ जीवन यात्रा, माया कस्तो हुन्छ
तिम्रै मुस्कान वा मिठो बोलीबाट थाहा हुन्छ
मायाको आभास तिम्रो मुस्कानबाट भयो
तिम्रोसामु बसी कुराकानी गर्न मन लाग्यो
गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२, दीपायल डोटी