Skip to content

सहकारी दिवशको उपलक्ष्यमा (सहकारी गित)


हामी सबै नेपालीको आस्था अनि चिनारी ।
झाँगिरहोस् राष्ट्र भरी प्यारो सहकारी ।

सबै जाति एकै थरी हुन्नन् कोही पराई
एकसुत्रमा बाँध्छ यस्ले मिलाई भाइ–भाइ
गरिब दुःखी असायको बनोस् हितकारी
झाँगिरहोस् राष्ट्र भरी प्यारो सहकारी ।

आत्मनिर्भर बनाउन बाल्दै ज्ञानको ज्योति
कर्म गरे यही धर्तीमा फलाइदिन्छ मोती
अटल छ यो सिद्धान्तमा गल्ती सबै निखारी
झाँगिरहोस् राष्ट्र भरी प्यारो सहकारी ।

हामी सबै नेपालीको आस्था अनि चिनारी ।
झाँगिरहोस् राष्ट्र भरी प्यारो सहकारी ।।………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *