Skip to content
NandaLalAcharya-09

ए गीता म्याडम ! तपाईँले ठानेजस्तो नेतानेतृ बन्न सजिलो छैन । अनेकन् सोपानहरू उक्लेपछि मात्र त्यस स्थानमा पुगिन्छ । त्यसका लागि कर्म गर्नसक्नुपर्छ । बिनाकर्म नेतानेतृले सुखानुभूति पाएका छैनन् ।

हाम्रा नाङ्गा आँखाले देखेको सत्य होइनन् । अखबारसँग झोक्किए पनि र टेलिभिजनसामु मुस्कुराए पनि एक्लै हुँदा उनीहरू बेचैनका साथ दिन गुजार्छन् । षडयन्त्रको तानाबुना बुनेर जो जति अर्कालाई पछार्न बल गर्छ, उत्ति नै धेरै पटक स्वयम् पछारिँन्छ ।

नेपालमा नेतानेतृ बन्न प्यूपा बनेर एक जुनी खेत-खलिहानमा विताउनुपर्छ । अनि डल्ले जीवनबाट मुक्ति पाई लार्भाको जीवन भेटिन्छ । चाकरी र चाप्लुसीको परीक्षामा खरोसाथ उत्तीर्ण भएपछि भने ठेक्कापट्टा र दलाली गर्न छुट पाइन्छ । नाफाको केही प्रतिशत माथिकालाई चढाएपछि गाउँको दादा बनेर हाहा गर्ने छुट मिल्छ । अनि बल्ल प्रमोसन भई झुसिल्किरा बन्न भेटिन्छ । त्यसपछि त सोझाको काँधमा बन्दुक अड्याएर बङ्गाको मानमर्दन गर्न मिल्छ । जति भत्कायो, जति खरानी तुल्यायो त्यत्ति नै मात्रामा राजनैतिक खीर गलगिद्ध हसुर्न भेटिन्छ ।

अन्तमा खीर खाएर मोटाएकाहरू पुतली बन्छन् र सिंहदरबारमा सर्कस देखाउन पाउँछन् । त्यसपछि भने लगानीको मुनाफा कुपुकुपु हसुर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *