Skip to content


कालो कोठी ओठै माथि कति सुहाएको
कुरा गर्दा नाना भाँती कति सुहाएको

मन्दिरबाट फर्किएकी निधारमा टीकासँगै
कालो केशमा फूल पाती कति सुहाएको

सोह्रै शृङ्गार भरिपूर्ण अप्सरा हौ ए मिनाक्षी
मिलेको जिउ टम्म छाती कति सुहाएको

तिमी साथमा भएदेखि केको पूर्णे केको औँसी
जुनझैँ झल्ल बल्ने राती कति सुहाएको

तिम्रो रुपमा आकर्षण छ त्यसैले त तिम्रो पछि
भमराको लामो ताँती कति सुहाएको

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *