Skip to content

गजल (एउटा तारा)


मैले हेर्ने एउटा तारा बिलाएको हो कि ?
चन्द्रमाको कोख भित्र निदाएको हो कि ?

कयौ पीडा छाती भित्र सम्हालेर बग्ने
खहरेको चित्कार सुन्छु सुसाएको हो कि?

मौन देख्छु झुल्के घाम उदाएको बेला
कयौ रात अँध्यारो मै बिताएको हो कि ?

भुँ भुँ गर्छ माहुरी त्यो ओरीपरी मेरो
अघोरीले कठै! घारै उठाएको हो कि ?

देब्रे आँखा फुर्फुरायो के के हुन्छ कुन्नि
अ-शुभको लक्षण पो जनाएको हो कि?

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

First published : 2013-04-08 23:26:05 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *