Skip to content

सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !

सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
कु-बिचार मैलियोस । नब बर्षको शुभकामना !

कुच्रिएका दु:ख सबै एक-एक गर्दै सूख बनी
पोका-पोका थैलियोस । नब बर्षको शुभकामना !

बिल्दै जावोस दुर्ब्यबाहार निर्धो माथी सधैं हुने
सभ्य भाषा सैलियोस । नब बर्षको शुभकामना !

कत्ति यसै तुइयो होला अभाब मा रहर हरू
यसै पाली बैलियोस । नब बर्षको शुभकामना !

कता ? के ? कुन ? भबिस्यको अन्योल्तामा
सहि मार्ग पैलियोस । नब बर्षको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *