Skip to content

प्रस्ताव

फक्रिन्छन फूलहरु, फक्री ओईली झर्छन
एक हुन्छन मुटुहरु, एक भई टाढिन्छन
भोली रहन्छ रहँदैन, यो मौसम प्रेमको
भोली रोकिन्छ रोकिँदैन, बहार यो बसन्तको
आऊ बिताईदिऊँ प्रेममैं, चार क्षण यस प्रभातको ।
डाँडामाथी विचरित छन मेघहरु
पुष्पको हृदयभित्र चिसा चिसा ज्वालहरु!
मुटु चाहनाले परिपुर्ण, चाहनाले परिपुर्ण यो रात
अधरहरुबीच थिचिएको, मीठो त्यो एक बात
आऊ गरिदिऊँ वैंश यो आज, एक-अर्कालाई समर्पित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *