Skip to content


मनहरू छन करमा परेका,
उन्मुक्त्त आकाशको गर्छन् खोजी
रिक्तता बोकेरै बडछन
पाउका चोटहरू बोकेर
मनका खोटहरू टोकेर
निॅबिंघ्नता, देखाबटी बनेर,
खान्छ मन
ढुकढुकीमा आश बोकेर
निरलज्ज समाजमा ऊ बाँचिरहेछ
जवाफ रहित घृणाबिहीन
स्वास्थ्य मनस्थितिमा
दीर्घकालिन जिउँदो
भन्छु म ! मृत लास उस्लाई
छछॅ मोहित सुगन्धहरू
यो आदर्शको, जलनमा कति जल्छ
म हेरिरहेछु,
उस्लाई सोध्नु कुनै तिक्त्तत्ता छैन
फ्याक्दैन ऊ बिषाक्तत्ता
के भनुँ मान्छे को यो रुप ?
निर्जीव भित्रको सजीबता लाग्छ
भावधाराको अगाधता लाग्छ
शुन्य भित्रको चकमन्नता
जाग्रत आत्मा झै फ्रफुलित
शान्ता आत्मा आफ्नै ज्योतिमा
छरिए झैँ लाग्छ !
अगाध आस्थाको सिरानीमा
स्थापित लाग्छ
समर्पणको पराकाष्टा बोकेको देहको
स्वद्रष्टा, आँफैमा अबिभुत लाग्छ, ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *